सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक : मुख्यमन्त्री कार्की


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको जनाएका छन् ।

नेपाल बार एशोसिएसन महिला कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनको आज समापन कार्यक्रममा उनले न्याय सम्पादन, सरकारी क्षेत्र र सङ्घसंस्थामा महिलाको सहभागिता वृद्धिका लागि विशेष प्रोत्साहन गरी अवसर सिर्जना गर्नुपर्ने सुझाव दिए।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको कार्य क्षेत्राधिकार परेमा महिला कानुन व्यवसायीहरूको विराटनगर घोषणापत्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे  । उनले महिला इमानदार र सक्षम हुनाले उनीहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै महिलाले घरसँगै समाज र राष्ट्रलाई समृद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विचार राखे  ।

मुख्यमन्त्री कार्कीले प्रदेशले विसं २०८२ मा मनाइने पर्यटन वर्षमा महिला कानुन व्यवसायीहरूको राष्ट्रियस्तरको कार्यक्रम यस क्षेत्रमा गर्न आग्रह गर्दै यसमा सरकारले विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

उनले स्थानीय पालिकालाई महिला कानुन व्यवसायी राख्न सुझाव दिँदै यसबाट पालिकाको न्यायसम्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले विराटनगरमा निर्माण गर्ने संरचनामा एउटा अन्तर्राष्ट्रियस्तरका सभाहल बनाउने योजनासहित काम भइरहेको जानकारी दिए ।

नेपाल बार एशोसिएसन कानुन व्यवसायी महिला समितिका अध्यक्ष आशा राई, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता चूडामणि आचार्य र नेपाल बारका पूर्वकेन्द्रीय सदस्य कविता बस्नेत थापालगायत वक्ताले महिलालाई कानुन व्यवसायीहरूमा आउनका लागि प्रेरणा प्रदान गर्नुपर्नेमा जोड दिए  ।

वरिष्ठ अधिवक्ता कविता बस्नेतले विराटनगर राष्ट्रिय सम्मेलनको ३१ बुँदे घोषणापत्र सार्वजनिक गरेकी थिइन् । सो अवसरमा मुख्यमन्त्री कार्कीलाई महिला कानुन व्यवसायी समितिका अध्यक्ष राईले ३१ बुँदे घोषणापत्र हस्तान्तरण गरे ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ०६ बजे

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो