प्रधानमन्त्री भन्छन्- ढुक्क हुनुहोस् सरकारले समृद्धि र सुशासनका लागि काम गर्छ « Khabarhub

प्रधानमन्त्री भन्छन्- ढुक्क हुनुहोस् सरकारले समृद्धि र सुशासनका लागि काम गर्छ


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताएका छन ।

नेकपा एमालेको पर्सा जिल्ला कमिटीले आज सखुवा प्रसौँनीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेकोसमेत दाबी गरेका छन् ।

‘हामी क्रान्तिकारी हौँ, क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु मात्र होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ । मधेसका मसिया भन्ने पार्टीका नेताहरूले विकास निर्माणमा नभई संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे, हामी त्यस्तो गर्दैनौँ । मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्त्व दिएका छौँ । यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेछ भन्नेमा ढुक्क हुनुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिरहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइसकेको छ  ।’

उनले देश एमालेले मात्रै बनाउन सक्ने पनि जिकिर गरेका छन् । सो कार्यक्रममा उनले भने, ‘देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरु पार्टीमा रहेका साथीहरूलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा  यस्तै प्रवेशको लहर फैलिनेछ।’

प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्त्व दिएको र अब पुनः ती कामले गति लिइरहेकोसमेत बताए ।

स्थानीयबासीको मागबमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नति गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने विश्वास पनि प्रधानमन्त्री ओली बताए ।

बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान गर्न तथा महिलाहरूलाई सामाजिक र राजनीतिकरुपमा अगाडि बढाउन सहयोग गर्न आग्रह गर्दै महिला र युवालाई अत्यधिकरुपमा परिचालन नगरेसम्म जनतामा भिजेको बलियो पार्टी बनाउन नसकिने भएकाले त्यस अनुसार काम गर्न स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा सो गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाललगायत विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : ३० बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा