खेलकुद क्षेत्रको विकासमा ध्यान दिन्छौँ : सभापति देउवा  « Khabarhub

खेलकुद क्षेत्रको विकासमा ध्यान दिन्छौँ : सभापति देउवा 


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको खेलकुद क्षेत्रको विकासमा पार्टीले ध्यान दिने बताएका छन्  ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले खेलकुद जगतलाई कांग्रेसले महत्वका साथ हेरेको भन्दै यस क्षेत्रको विकासमा ध्यान दिने बताएका हुन् ।

उनले हरेक युवाहरूलाई खेल क्षेत्रमा जोड्न सके खेलको पनि विकास हुने धारणा राखे । देउवाले विभिन्न रनिङ् शिल्डलाई पनि प्रभावकारी ढंगले निरन्तरता दिनुपर्नेमा जोड दिए । ओलम्पिक कमिटीमा देखिएको विवाद उचित नभएको भन्दे उनले अदालतको आदेश सबैले मान्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजक एवं कांग्रेस सांसद मोहन बहादुर बस्नेतले देशलाई चिनाउनका लागि खेलकुदको धेरै योगदान रहे पनि खेल क्षेत्रको उचित विकास हुन नसकेको बताए ।

उनले खेलकुदको क्षेत्रमा भएको बजेट न्यून रहेकाले यसलाई बढाउनका लागि पार्टीले पनि पहल गर्नुपर्ने धारणा राखे ।

उनले सबै तहका खेल क्षेत्रमा केही न केही रकम छुट्टाएको अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट पनि खेल क्षेत्रलाई अघि बढाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : ४५ बजे

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा