खेलकुद क्षेत्रको विकासमा ध्यान दिन्छौँ : सभापति देउवा  « Khabarhub

खेलकुद क्षेत्रको विकासमा ध्यान दिन्छौँ : सभापति देउवा 


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको खेलकुद क्षेत्रको विकासमा पार्टीले ध्यान दिने बताएका छन्  ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले खेलकुद जगतलाई कांग्रेसले महत्वका साथ हेरेको भन्दै यस क्षेत्रको विकासमा ध्यान दिने बताएका हुन् ।

उनले हरेक युवाहरूलाई खेल क्षेत्रमा जोड्न सके खेलको पनि विकास हुने धारणा राखे । देउवाले विभिन्न रनिङ् शिल्डलाई पनि प्रभावकारी ढंगले निरन्तरता दिनुपर्नेमा जोड दिए । ओलम्पिक कमिटीमा देखिएको विवाद उचित नभएको भन्दे उनले अदालतको आदेश सबैले मान्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजक एवं कांग्रेस सांसद मोहन बहादुर बस्नेतले देशलाई चिनाउनका लागि खेलकुदको धेरै योगदान रहे पनि खेल क्षेत्रको उचित विकास हुन नसकेको बताए ।

उनले खेलकुदको क्षेत्रमा भएको बजेट न्यून रहेकाले यसलाई बढाउनका लागि पार्टीले पनि पहल गर्नुपर्ने धारणा राखे ।

उनले सबै तहका खेल क्षेत्रमा केही न केही रकम छुट्टाएको अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट पनि खेल क्षेत्रलाई अघि बढाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र