पर्साका दुई दृश्य : एमालेको सभामा जानेलाई २ लिटर तेल, ओलीलाई १८० किलोका २ माला « Khabarhub

पर्साका दुई दृश्य : एमालेको सभामा जानेलाई २ लिटर तेल, ओलीलाई १८० किलोका २ माला


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सा राष्ट्रिय निकुञ्ज र बाराको जितपुर सिमरा उपमहानगरपालिका नजिकै पर्छ सखुवा प्रसौनी गाउँपालिका । उक्त पालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल आइतबार नेकपा एमालेमा प्रवेश गर्दै थिए ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले २०७९ को निर्वाचनअघिबाटै मधेश प्रदेशमा आफूलाई विशेषकेन्द्रित गरिरहेको छ ।

मधेश आन्दोलन आसपासको समयमा मधेशविरोधी दलका रुपमा चित्रित एमालेले २०७९ मा अन्य दललाई जवाफ दिँदै गतिलो जित निकालेको थियो ।

त्यहीकारण मधेशमा आफ्नो पकड बनाउने अभियानलाई तीव्रता दिन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हेलिकप्टर चढेर सखुवा प्रसौनी पुगे ।

महासचिव शंकर पोखरेल महोत्तरीको रामगोपालपुर पुगेर जनकपुर हुँदै काठमाडौं फर्किरहँदा ओली भने पर्सातिर हान्निए ।

एमाले पर्साले राखेको पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली सखुवा प्रसौनी पुग्दा चुनावकै झल्को दिने गरी सर्वसाधारण र कार्यकर्ता उतारिएको थियो ।

२ लिटर तेल

आइतबार मध्यान्ह ओली हेलिकप्टरबाट जाँदै गर्दा पार्टी प्रवेश कार्यक्रमलाई भब्य बनाउन एमालेको स्थानीय कमिटीले पेट्रोल पम्पबाटै दुई लिटर तेल बाँडिरहेको थियो ।

जनसहभागिता बृहत् देखाउन एमालेले गाउँगाउँका सर्वसाधरणलाई पेट्रोलको कुपन बाँडेको थियो । सखुवा प्रसौनीबाहेक अन्य पालिकाकाका सर्वसाधारणलाई पनि एमालेले तेलको कुपन दियो ।

एमालेका नेताहरूले तेलको कुपन नबाँडेको बताए पनि पार्टीको झन्डासहित तेल भर्न कार्यकर्ता पम्पमा लाइन लागेका थिए । सखुवाप्रसौनीको सभामाबाट जयसवालसहित करिब ५ हजार कार्यकर्ता प्रवेश गरेको दाबी एमालेले गरेको छ ।

एमाले मधेश प्रदेशका एक नेताले तेलको कुपन नबाँडिएको बताए । तर गाउँ गाउँबाट आएका कार्यकर्ता पहिले पम्पमा तेल भरेर मात्रै सभास्थलतिर लागे । आइतबार एमालेमा प्रवेश गरकेा जयसवाल मधेश प्रदेशमा खेलकुद मन्त्री रहेका प्रमोद जैसवालका भाइ हुन् ।

ओ‌लीलाई बडेमानको माला

यसअघि जनता समाजवादी पार्टी नेपालमा रहेका जयसवाललाई एमालेमा स्वागतका क्रममा ओलीलाई पनि विशेष अभिनन्दन गरियो ।

कार्यक्रममा पर्साबासीकातर्फबाट भन्दै क्षेत्र नम्बर ३ का संघीय सांसद तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गरे ।

‌ओलीलाई गुप्तासहितले एउटा १०० किलो र अर्को ८० किलोको माला लगाइदिए । ओलीले पनि बडेमानका माला लगाइसकेपछि देश बनाउने पार्टी एमाले मात्रै रहेको जिकिर गरे ।

‘अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइसकेको छ । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो’, उनले भने,‘त्यसकारण म अरु पार्टीमा रहेका साथीहरूलाई एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशका आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।’

ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्व दिएको भन्दै मधेशवासीलाई फकाउने कोशिश पनि गरे ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : ५४ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर