पर्साका दुई दृश्य : एमालेको सभामा जानेलाई २ लिटर तेल, ओलीलाई १८० किलोका २ माला « Khabarhub

पर्साका दुई दृश्य : एमालेको सभामा जानेलाई २ लिटर तेल, ओलीलाई १८० किलोका २ माला


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सा राष्ट्रिय निकुञ्ज र बाराको जितपुर सिमरा उपमहानगरपालिका नजिकै पर्छ सखुवा प्रसौनी गाउँपालिका । उक्त पालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल आइतबार नेकपा एमालेमा प्रवेश गर्दै थिए ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले २०७९ को निर्वाचनअघिबाटै मधेश प्रदेशमा आफूलाई विशेषकेन्द्रित गरिरहेको छ ।

मधेश आन्दोलन आसपासको समयमा मधेशविरोधी दलका रुपमा चित्रित एमालेले २०७९ मा अन्य दललाई जवाफ दिँदै गतिलो जित निकालेको थियो ।

त्यहीकारण मधेशमा आफ्नो पकड बनाउने अभियानलाई तीव्रता दिन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हेलिकप्टर चढेर सखुवा प्रसौनी पुगे ।

महासचिव शंकर पोखरेल महोत्तरीको रामगोपालपुर पुगेर जनकपुर हुँदै काठमाडौं फर्किरहँदा ओली भने पर्सातिर हान्निए ।

एमाले पर्साले राखेको पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली सखुवा प्रसौनी पुग्दा चुनावकै झल्को दिने गरी सर्वसाधारण र कार्यकर्ता उतारिएको थियो ।

२ लिटर तेल

आइतबार मध्यान्ह ओली हेलिकप्टरबाट जाँदै गर्दा पार्टी प्रवेश कार्यक्रमलाई भब्य बनाउन एमालेको स्थानीय कमिटीले पेट्रोल पम्पबाटै दुई लिटर तेल बाँडिरहेको थियो ।

जनसहभागिता बृहत् देखाउन एमालेले गाउँगाउँका सर्वसाधरणलाई पेट्रोलको कुपन बाँडेको थियो । सखुवा प्रसौनीबाहेक अन्य पालिकाकाका सर्वसाधारणलाई पनि एमालेले तेलको कुपन दियो ।

एमालेका नेताहरूले तेलको कुपन नबाँडेको बताए पनि पार्टीको झन्डासहित तेल भर्न कार्यकर्ता पम्पमा लाइन लागेका थिए । सखुवाप्रसौनीको सभामाबाट जयसवालसहित करिब ५ हजार कार्यकर्ता प्रवेश गरेको दाबी एमालेले गरेको छ ।

एमाले मधेश प्रदेशका एक नेताले तेलको कुपन नबाँडिएको बताए । तर गाउँ गाउँबाट आएका कार्यकर्ता पहिले पम्पमा तेल भरेर मात्रै सभास्थलतिर लागे । आइतबार एमालेमा प्रवेश गरकेा जयसवाल मधेश प्रदेशमा खेलकुद मन्त्री रहेका प्रमोद जैसवालका भाइ हुन् ।

ओ‌लीलाई बडेमानको माला

यसअघि जनता समाजवादी पार्टी नेपालमा रहेका जयसवाललाई एमालेमा स्वागतका क्रममा ओलीलाई पनि विशेष अभिनन्दन गरियो ।

कार्यक्रममा पर्साबासीकातर्फबाट भन्दै क्षेत्र नम्बर ३ का संघीय सांसद तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गरे ।

‌ओलीलाई गुप्तासहितले एउटा १०० किलो र अर्को ८० किलोको माला लगाइदिए । ओलीले पनि बडेमानका माला लगाइसकेपछि देश बनाउने पार्टी एमाले मात्रै रहेको जिकिर गरे ।

‘अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइसकेको छ । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो’, उनले भने,‘त्यसकारण म अरु पार्टीमा रहेका साथीहरूलाई एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशका आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।’

ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्व दिएको भन्दै मधेशवासीलाई फकाउने कोशिश पनि गरे ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : ५४ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ