समृद्धिको अभियानमा सहभागी हुन प्रभु साहको आग्रह | Khabarhub Khabarhub

समृद्धिको अभियानमा सहभागी हुन प्रभु साहको आग्रह


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल विश्वमै गौरवशाली ज्ञानभूमि, शान्तिभूमि र तपोभूमि भएकाले समृद्धिको अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

उपत्यका विशेष कमिटीद्वारा आज आयोजित पार्टीको दोस्रो स्थापना दिवस समारोहमा उनले आफ्नो राष्ट्रप्रति गौरव गर्ने जनतालाई उत्साहका साथ गोलबन्द गर्दै देश विकासको अभियानमा संलग्न हुन सबै तह र तप्कालाई आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका साहले भने, ‘नेपालमा अथाह प्राकृतिक स्रोतसाधन र कर्मशील जनशक्ति छ, यो सम्पत्ति र ऊर्जालाई देश निर्माणमा समावेश गर्नुपर्ने आजको आवश्यकता छ ।’

पार्टीका उपाध्यक्ष तिलकबहादुर थापा मगरले भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवर्द्धनका लागि पार्टीले लिएको अभियान समाज बदल्न उन्नत र वैज्ञानिक भएकाले त्यसलाई अघि बढाउने कार्यमा साथ र सहयोग प्रदान गर्न आग्रह गरे ।

पार्टी प्रवक्ता चन्द्रभूषण साहले लोकतन्त्रलाई सुदृढ तुल्याउन, राज्यको ढुकुटी दुरुपयोग हुन नदिन तथा राजस्वको सही प्रयोग गर्न पार्टीले चालेको कदम समयसापेक्ष भएको दाबी गरे ।

उक्त पार्टीले अधिकार र पहिचानका मुद्दासँगै राज्यले जनतालाई बिजुली र पानी निःशुल्क वितरण गर्न तथा किसानलाई पेन्सनको व्यवस्था हुनुपर्ने माग गर्दै आएको छ ।

पार्टी स्थापना दिवसका अवसरमा विभिन्न जातजाति र समुदायको वेशभूषा भल्कने झाँकीसहितको र्‍याली महानगरपालिका परिक्रम गरी स्थापना दिवस समारोहमा पुगेको थियो । आम जनता पार्टी २०७९ पुस १४ गते स्थापना भएको हो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : ०० बजे

इलाममा धान उत्पादन घट्यो

फिक्कल– समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले यस वर्ष

वार्षिक निर्यात ६० अर्ब पुर्‍याउने पाकिस्तानको लक्ष्य

एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मंगलबार देशको राष्ट्रिय आर्थिक

२२० केभी क्षमताको मार्कीचोक सबस्टेसन तयार

काठमाडौं – तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जीआइएस)

बाँके कुष्ठरोगको उच्च जोखिममा

राँझा– एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै

कांग्रेसको १५ औँ महाधिवेशन : संवादमा ‘विरासत’ बोकेका नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनको तयारी स्वरूप सभापतिका