घनश्यामको गुनासो- एमालेबारे बोल्नै हुन्न, हाम्रोतिर किन हेर्छस् भनेर जाइलाग्छन् « Khabarhub

घनश्यामको गुनासो- एमालेबारे बोल्नै हुन्न, हाम्रोतिर किन हेर्छस् भनेर जाइलाग्छन्

डेडिकेटेड फिडर तथा ट्रंक लाइनमा ओली दोषी


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भुसालले डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवाद समाधान नहुनुमा प्रधानमन्त्री केपी शर्मा ओली मुख्य दोषी रहेको आरोप लगाएका छन् ।

‘नेपालमा जलसम्पदाको समाजशास्त्र’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवादमा ओली आफैँ लाठी लिएर मैदानमा निस्किएपछि समस्या जटिल बनेको आरोप उनले लगाएका छन् ।

ओलीलाई प्रधानमन्त्रीकै हैसियतमा बस्न सुझाउँदै भुसालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई काम गर्न दिन पनि सुझाए । डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवादमा बिजुली बाल्नेले पैसा तिर्नुपर्ने मत भुसालले राखे ।

‘यहाँ ओलीजी आफैँ लाठी लिएर मैदानमा निस्किएपछि धेरै समस्या भएको हो । नत्र यस्तो नहुने थियो । ओलीले राज्य चलाउने हो नि । कानुनी राज्य भए नभएको हेर्ने हो’, उनले भने, ‘एउटा कर्मचारीसँग झगडा गरेको छ । ओली प्रधानमन्त्रीकै हैसियतमा र कुलमान डीजीकै हैसियतमा बस्ने हो भने यो समस्या समाधान हुन्छ ।’

एमालेवाला जाइलाग्छन्

महासचिव अचेल एमालेबारे कमेन्ट गर्दा जाइलाग्ने अवस्था आएको पनि बताए । ‘हिजो मैले एमालेबारे गरेको कमेन्टमा ‘हाम्रो पार्टीतिर किन हेर्छस् ?’ भनेर जवाफ आयो’, उनले भने, ‘एमाले अध्यक्ष ओली स्वेच्छाचारी हुँदै गएका छन् । एमालेमा अहिले उकुसमुकुसको अवस्था छ । अब ओलीले नेतृत्वबाट बाहिर निस्किनु राम्रो हुन्छ ।’

महासचिव भुसाल र एमालेबाट निष्कासित भीम रावलतिर लक्षित गर्दै प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘ह्याउ भए आफ्नै पार्टी बनाएर देखाऊ’ भनेर आइतबार कडा प्रतिक्रिया दिएका थिए ।

त्यही प्रसंगमा भुसालले थपे,‘हिजो मैले यसो के कमेन्ट गरेको थिएँ, हाम्रो पार्टीतिर किन हेर्छस् भनेर लेखेछन् । छिमेकको ठूलो घर भत्कियो भने मेरो पनि भत्काइदिन्छ । त्यसले झगडा गर्यो भने मलाई सुत्न दिँदैन । त्यो पड्कियो भने मेरो वरिपरी र परिवारमा पनि समस्या हुन्छ ।’

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : २८ बजे

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार