जापानको औसत तापक्रम उच्च हुने सम्भावना « Khabarhub

जापानको औसत तापक्रम उच्च हुने सम्भावना


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानको औसत तापक्रम सन् २०२४ मा लगातार दोस्रो वर्ष रेकर्ड उच्च हुने सम्भावना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

क्योडो न्यूजले जापानको मौसम विज्ञानले जारी गरेको प्रारम्भिक तथ्याङ्कलाई उद्धृत गर्दै नोभेम्बर महिनाको औसत तापक्रम सन् २०२० सम्मको ३० वर्षको अवधिको वार्षिक औसतभन्दा १।६४ डिग्री सेल्सियस बढी रहेको बताएको छ । देशको मौसम एजेन्सीले सन् १८९८ मा तथ्याङ्क जारी गर्न थालेदेखि रेकर्ड गरिएको औसत तापक्रम यताकै उच्च स्तरमा पुगेको छ ।

“तापमान असामान्य रूपमा उच्च थियो भनेर भन्न सकिन्छ,” जापान मौसम विज्ञान एजेन्सी (जेएमए) अधिकारीले बताए । एजेन्सीका अनुसार, उच्च तापक्रम पश्चिमी वायुले ल्याएको तातो हावाका कारण भएको हो ।

प्रतिवेदनले जापानको तापक्रम हालैका वर्षहरूमा बढ्दै गएको र सन् २०१९ तथा सन् २०२३ बीचको पाँच वर्ष शीर्ष पाँच सबैभन्दा तातो वर्ष रहेको बताएको छ ।

जापान वरपरका समुद्रहरूको औसत सतहको तापक्रम पनि नोभेम्बरको अन्त्यसम्ममा वार्षिक औसतभन्दा १।४६ डिग्री सेल्सियस बढी थियो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ८ : १६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र