सबै धर्म संस्कृति बराबर : मन्त्री गुरुङ « Khabarhub

सबै धर्म संस्कृति बराबर : मन्त्री गुरुङ


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यले जातजाति, धर्म र संस्कृतिलाई बराबरका रूपमा हेरेको बताएका छन् ।

लमजुङ बेँसीसहर नगरपालिका–७ मा तमु ल्होसार २०८१ का अवसरमा तमु ह्युल छोंज धीं लमजुङको आयोजनामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले २०६२÷६३ सालको आन्दोलनपछि नयाँ सविधान निर्माण गर्दै मुलुकलाई धर्म निरपेक्ष राज्य बनाएको बताए । सबैले एक अर्काको धर्मसंस्कृतिको सम्मान गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

सञ्चारमन्त्री गुरुङले सहकारीको वर्गीकरण हुनुपर्ने उल्लेख गर्दै सहकारी नियमनकारी बनाएर सरकार अघि बढ्ने बताए । सहकारीले निश्चित ठाउँमा मात्रै कारोबार गर्न पाउनेगरी नियमनकारी गठन गरेर तोक्ने उनको भनाइ थियो । स्थानीय तहमा सञ्चालन गर्ने, स्थानीय तहमा दर्ता, प्रदेशमा सञ्चालन हुने प्रदेशमा र केन्द्रमा सञ्चालन हुने सहकारी केन्द्रमा दर्ता भएर मात्रै सञ्चालन हुनुपर्ने उनले बताए ।

सहकारीमा दोषी देखिए जो कोहीलाई पनि कानुनी कारबाही हुने सञ्चारमन्त्री गुरुङले बताए । संबिधान संशोधन प्रमुख ठूला दलहरुको सहमतिमा हुने सरकार प्रवक्तासमेत रहेका उनले बताए । गाउँगाउँमा सबै जनताले अनुभूति गर्नेगरी विकास निर्माणका कार्यमा सरकार लागिपरेको उनको भनाइ थियो ।

सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्ने उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्न सकेमा देशको अरबौँ रुपैयाँ राजस्व बचत हुने बताए । नेपालमा हुलाक टिकटसमेत आफ्नो प्रेसमा छाप्न सकिएको अवस्था नरहेको भन्दै मन्त्री गुरुङले वर्तमान सरकारले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गरेर आफ्नै प्रेस सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रेस सञ्चालनमा देखिएका समस्या र अवरोधहरुलाई समाधान गरेर सरकारले यसलाई छिट्टै प्रक्रियामा लैजाने मन्त्री गुरुङले बताए । प्रेस पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकेमा हुलाक टिकट, लेबल–स्टिकर, लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्र, राहदानी, बैङ्क नोट छाप्न विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : १९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र