आईपिएल : आरसीबीमाथि कोलकाताको शानदार जित « Khabarhub

आईपिएल : आरसीबीमाथि कोलकाताको शानदार जित

विराट कोहलीको ८३ रन गयो खेर


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता किंग्स राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी)माथि शानदार जित निकालेको छ। १८३ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ बल बाँकी हुँदै ७ विकेटको जित निकालेको हो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको आरसीबीले ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो। आरसीबीका लागि विराट कोहलीले ५९ बल खेल्दै ८३ रनको शानदार अर्धशतक बनाए। क्यामरुन ग्रिनले २१ बलको सामना गर्दै ३३ रन जोडे, ग्लेन मेक्सवेलले १९ बलमा २८ रन बनाउँदा दिनेश कात्तिकले ८ बलमा २० रन बनाए। कप्तान फाप्फ डु पेलेसिस ६ बलको सामना गर्दै ८ रनमै आउट भए।

आरसीबीको इनिङस धरापमा पार्न हर्षित राना र आद्रे रसेलले समान दुईदुई विकेट लिए भने सुनिल नारायणले एक विकेट हात पारे।

टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले पाएको १८३ रनको लक्ष्य १६ दशमलव ५ बलमै पूरा गरेको हो। उसका लागि वेंकटेस अय्यरले ३० बलमा ५० रन जोड्दै अर्धशतक बनाए। सुनिल नारायणले २२ बलमा ४७ रनको योगदान दिए भने फिल साल्टले २० बलमा ३० रन जोडे। कप्तान श्रियस य्यरले नटआउट ३४ बलमा ३९ रन बनाउँदा रिंकु सिंह नटआउट ५ बलमा ५ रनमै समेटिए। तीन विकेटको क्षतिमा कलकताले १८६ रन बनाउँदै आरसीबीमाथि ७ विकेटको शानदार जित निकालेको हो।

आरसीबीका लागि यश दयाल, मयंक डागर, विजयकुमार विशाकले एकएक विकेट हात पारे।

यो जितसँगै दुई खेल खेलेको कलकता चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने तीन खेल खेलेको आरसीबी दुई अंकमा सीमित भएको छ।

शनिबार लखनउ सुपर जाइन्ट र पञ्जाब किंग्सको खेल हुँदैछ। यो खेल साँझ पौने ८ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : ०६ बजे

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२