इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै « Khabarhub

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

यो क्षेत्रमा पर्ने ४२ मध्ये ३३ वडाको मतगणना भइसकेको छ । अहिले इलाम नपारपालिकाको मत गणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ६ हजार २ सय ६४ मतको अग्रता बनाएका छन् । उनले  २२ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् ।

सुहाङलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ताजा अवस्थामा १६ हजार २ सय २८ मत ल्याएका छन् ।

उता तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार २ सय ५१ मत प्राप्त गरेका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ७ सय ६८ मत प्राप्त गरे छन्।

यस्तै नेकपा (एकीकृत समाजवादी) चारसय मत कटाउन संघर्ष गरिहेको छ । अहिलेसम्म कलमले ३७४ मत प्राप्त गरेको छ ।

शनिबार भएको मतदानमा यहाँ ६९ हजार २ सय ८७ मत खसेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : ०८ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको