दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित « Khabarhub

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले सानदार जित दर्ता गरेको छ ।

सोमबार राती भएको खेलमा कोलकाताले दिल्लीविरुद्ध ७ विकेटको सानदार जित निकालेको हो। दिल्लीले दिएको १५४ रनको लक्ष्य कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

कोलकताका लागि ओपनर फिल सल्टले सर्वाधिक ६८ रन बनाए । त्यस्तै कप्तान श्रीयस ऐयर ३३ र वेंकटेश ऐयरले नट आउट २६ रन बनाए । सुनिल नारायणले १५ रन र रिंकु सिंहले ११ रनको योगदान दिए ।

दिल्लीका लागि अक्षर पटेलले २ तथा लिजाड विलियम्सले १ विकेट लिए।

त्यसअघि इडन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको हो।

दिल्लीका कप्तान ऋषभ पन्तले २७ रन बनाए। त्यस्तै अभिषेक पोरेल १८, अक्षर पटेल १५, पृथ्वी शा १३, जेक फ्रेजर मक्गर्क १२ रनमा आउट हुँदा कुलदीप यादव ३४ रनमा अविजित रहे।

कोलकाताका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए। वैभव अरोडा हर्षित राणाले २/२ विकेट लिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : ५० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब