दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित « Khabarhub

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले सानदार जित दर्ता गरेको छ ।

सोमबार राती भएको खेलमा कोलकाताले दिल्लीविरुद्ध ७ विकेटको सानदार जित निकालेको हो। दिल्लीले दिएको १५४ रनको लक्ष्य कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

कोलकताका लागि ओपनर फिल सल्टले सर्वाधिक ६८ रन बनाए । त्यस्तै कप्तान श्रीयस ऐयर ३३ र वेंकटेश ऐयरले नट आउट २६ रन बनाए । सुनिल नारायणले १५ रन र रिंकु सिंहले ११ रनको योगदान दिए ।

दिल्लीका लागि अक्षर पटेलले २ तथा लिजाड विलियम्सले १ विकेट लिए।

त्यसअघि इडन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको हो।

दिल्लीका कप्तान ऋषभ पन्तले २७ रन बनाए। त्यस्तै अभिषेक पोरेल १८, अक्षर पटेल १५, पृथ्वी शा १३, जेक फ्रेजर मक्गर्क १२ रनमा आउट हुँदा कुलदीप यादव ३४ रनमा अविजित रहे।

कोलकाताका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए। वैभव अरोडा हर्षित राणाले २/२ विकेट लिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : ५० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब