सुहाङले लिए निर्वाचन आयोगबाट प्रमाणपत्र  « Khabarhub

सुहाङले लिए निर्वाचन आयोगबाट प्रमाणपत्र 


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङले निर्वाचन आयोगबाट प्रमाणपत्र लिएका छन् । 

उनलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले इलाम सदरमुकामा विजयी भएको प्रमाणपत्र दिएका हुन् । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले सुहाङलाई सफल कार्यकालको शुभकामना दिए । 

यादवले ‘निर्वाचन शान्तिपूर्ण र सफल रूपले सम्पन्न भएको छ । म सबै राजनीतिक दल, जनप्रतिनिधिहरूलाई धन्यवाद दिन चाहान्छु ।’ 

उनले राज्यले राम्रोसँग जिम्मेवारी पूरा गरेको समेत बताए ।

सुहाङले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्कालाई साढे ५ हजार बढी मतले पराजित गरे।

२०७९ को निर्वाचनमा खड्कालाई सुहाङकै पिता सुवास नेम्वाङले करिब डेढ सय मतले हराएका थिए । तर उनको गत भदौमा निधन भएपछि उपचुनाव भएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ५३ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली