श्रम सम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

श्रम सम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रम सम्बन्धी ऐन नियमहरू समय सापेक्ष सुधार र संशोधन गरि प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

अन्तराष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रले श्रमिकहरूको हक अधिकार स्थापित गर्नका लागि आवश्यक ऐन कानूनहरूलाई समयसापेक्ष परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

केन्द्रले औँद्योगिक सम्बन्धलाई सुमधुर बनाउन र ट्रेड युनियन गतिविधिलाई संस्थान गर्न अनिर्वाय रुपमा सबै प्रतिष्ठानहरूमा सामूहिक सौदाबाजी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ । 

सार्वजनिक क्षेत्रमा कार्यरत करारका कामदार तथा श्रमिकहरूलाई सामाजिक सुरक्षामा आवद्ध गराउन आगामी बजेटमा आवश्यक रकम बजेट विनियोजित गरि तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुमार कुँवरले जानकारी दिए । उनले बुधबार सबै दल निकट ट्रेड युनियनहरूले एकैस्थानमा श्रमिक दिवस मनाउने जानकारी दिए ।

काठमाडौंको भृकुटिमण्डपमा हुने कार्यक्रममा प्रधानमन्त्री लगायतका अन्य दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : १६ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह