गण्डकीको ऊर्जा मन्त्रीमा देवकोटा पुनः नियुक्त « Khabarhub

गण्डकीको ऊर्जा मन्त्रीमा देवकोटा पुनः नियुक्त


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा पुनः नियुक्त भएका छन् ।

सर्वोच्च अदालतले देवकोटाको प्रदेशसभा सदस्य पद कायम रहने आदेशसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

देवकोटाले आज प्रदेश प्रमुख भट्टबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि गत जेठ २९ गते पनि देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए । तर नेकपा माओवादी केन्द्रले कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत दिएको भन्दै देवकोटालाई कारबाही गरेको थियो । माओवादीको कारबाहीपश्चात् देवकोटा सर्वोच्च पुगेका थिए ।

यही असार १० गते सर्वोच्चले देवकोटाको सांसद पद रिक्त गर्ने सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

 

 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ११ : ५४ बजे

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त