सकेसम्म सहमतिबाटै पार्टीको नेतृत्व निर्माण गरौँ : झलनाथ | Khabarhub Khabarhub

सकेसम्म सहमतिबाटै पार्टीको नेतृत्व निर्माण गरौँ : झलनाथ


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सकेसम्म सहमतिबाटै नयाँ नेतृत्व छानिने बताएका छन् ।

एकीकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नका लागि म यहाँहरूलाई आग्रह पनि गर्न चाहन्छु । राष्ट्रिय स्वतन्त्रता रक्षा गर्ने काममा हामी कसरी प्रतिस्पर्धा गरेर अगाडि बढ्न सक्छौँ ?’, उनले भने, ‘यो देशको सामाजिक-आर्थिक रुपान्तरण कसरी हुन्छ ? यो देशको शिक्षा र स्वास्थ्यमा हेर्नुस्, यति धेरै विकृतिहरु फैलिएका छन् ।’

उनले अहिले देशमा रहेको विकृतिको उरुङलाई बढार्ने उपाय चाहिएको बताए । ‘गम्भीर राष्ट्रिय सवालमा हामी एकताबद्ध भएर अगाडि बढौँ । साझा दायित्व निर्वाह गर्न तपाईं-हामी अत्यन्त गम्भीर बनौँ’, उनले भने, ‘हाम्रा प्रस्तुत दस्तावेजको गहन ढंगले अध्ययन गरौँ, विश्लेषण गरौँ, संश्लेषण गरौँ । सकेसम्म एउटै आवाजका साथ सहमतिबाटै नयाँ नेतृत्व निर्माण गरौँ । प्रतिस्पर्धा भए पनि इमानपूर्वक पूरा गरौँ ।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : ०१ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ