लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु « Khabarhub

लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार भएको आक्रमणमा आफ्ना नेताको मृत्यु भएको जनाएको छ ।

‘हमासका नेता फतह शरीफ अबु अल अमीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लेबनानमा रहेका हमासका विदेशमामिला हेर्ने नेताको दक्षिण लेबनानको अल बास क्याम्पमा रहेको आफ्नो घरमा भएको हवाई आक्रमणमा मृत्यु भएको छ ।’

आक्रमणमा उनकी श्रीमती, छोरा र छोरीसहितको मृत्यु भएको हमासले बताएको छ । लेबनानी राष्ट्रिय समाचार संस्थाले टायर शहर नजिकै अल बासमा हवाई आक्रमण भएको र शिविरलाई निशाना बनाइएको यो पहिलो पटक भएको जनाएको छ ।

पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइन (पिएफएलपी) ले बेरुतको कोला जिल्लामा सोमबार बिहान भएको आक्रमणमा आफ्ना तीन जना सदस्यको मृत्यु भएको बताएको केही घण्टापछि उक्त वक्तव्य आएको हो ।

करिब एक वर्षअघि गाजा युद्ध सुरु भएयता इजरायलले लेबनानमा रहेका हमासका अधिकारीलाई पटक–पटक निशाना बनाउँदै आएको छ । गत जनवरीमा इजरायलले गरेको आक्रमणमा हमासका उपनेता सालेह अल–अरुरी र अन्य छ जना लडाकू मारिएका थिए ।

गत अगस्टमा दक्षिण लेबनानको सिदोन शहरमा इजरायली आक्रमणमा हमासका कमाण्डर समर अल हजको मृत्यु भएको थियो । लेबनानमा रहेका ती शिबिरहरू गाजामा इजरायल स्थापनाको समयमा सन् १९४८ को युद्धताका स्थापना गरिएको थियो ।

लामो समयदेखिको परम्पराअनुसार लेबनानी सेना शिविरबाट बाहिर रहन्छ र प्यालेस्टिनी समूहलाई त्यहाँको सुरक्षा सम्हाल्ने जिम्मेवारी दिइन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १२ : ४६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा