सोमबार नेप्से ४४ अंकले बढ्दा कारोबार भने घट्यो  « Khabarhub

सोमबार नेप्से ४४ अंकले बढ्दा कारोबार भने घट्यो 


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । नेप्से बढेको भएपनि कारोबार भने घटेको छ । आइतबार २२ अंकले घटेको बजार आज नेप्से ४४.४५ अंकले बढेको छ । सोमबार नेप्से १.८० प्रतिशतले बढेर २५०८.८६ विन्दुमा पुगेको छ । 

तर, कारोबार भने ३ अर्ब ७१ करोड ५३ लाख ६० हजार रुपैयाँ बराबरको मात्र भएको छ । उक्त कारोबार नेप्से ३ हजार विन्दु पुगेयताकै न्यून हो । आइतबार ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

सोमबार ९७ लाख १७ हजार ९५९ कित्ताको कारोबार भएको छ । जसमा २१० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३१९ वटा कम्पनीको शेयर कारोबार भएको छ । सोमबार ५० हजार ६८० पटक शेयर किनबेच भएको नेप्सेको तथ्यांकमा उल्लेख छ । आज समूह तर्फ म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली देखिएको छ । आज म्युचुअल फण्ड समूह ०.६० प्रतिशतले घटेर २०.३४ विन्दुमा आएको छ । 

आज सबैभन्दा बढी फाइनान्स समूह ४.१९ अंकले बढेर २ हजार ८२६.०२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम निर्जीवन बीमा समूह ०.७१ प्रतिशतले बढेर १२ हजार ६६७.१७ विन्दुमा पुगेको छ । 

त्यस्तै वाणिज्य बैंक समूह १.१८ प्रतिशतले, विकास बैंक १.९३ प्रतिशतले, होटल एण्ड टुरिजम ३.२८ प्रतिशतले, हाइड्रोपावर १.२२ प्रतिशतले, लगानी २.४५ प्रतिशतले, जीवन बीमा १.७८ प्रतिशतले, उत्पादन तथा प्रशोधन ३.८५ प्रतिशतले, लघुवित्त १.८५ प्रतिशतले, अन्य समूह २.३७ प्रतिशतले र ट्रेडिङ समूह १.५२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ३ : १५ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको