आजका समाचार : राष्ट्रसङ्घबाट फर्किए प्रधानमन्त्री, बाढी-पहिरोबाट २०९ जनाको मृत्यु र राजमार्ग खुल्ने अनिश्चित | Khabarhub Khabarhub

आजका समाचार : राष्ट्रसङ्घबाट फर्किए प्रधानमन्त्री, बाढी-पहिरोबाट २०९ जनाको मृत्यु र राजमार्ग खुल्ने अनिश्चित


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

राष्ट्रसंघ महासभामा भाग लिएर आइपुगे प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार स्वदेश आइपुगेका छन् ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली त्यसतर्फ गएका थिए ।


१० दिन लामो अमेरिका बसाइपछि ओली सोमबार त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनले हिमालदेखि समुद्रसम्म पारेको असरको चर्चा गरेका थिए ।

प्रधानमन्त्री ओलीले असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्रमा भाग लिए। असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भए ।

बाढीपहिरोको विनाशबारे प्रधानमन्त्री ओलीलाई विमानस्थलमा दुई प्रश्न

देशमा विपद् पर्दा कार्यक्रम छोट्याएर किन फर्किएनन् प्रधानमन्त्री ?

बाढीपहिरोबारे प्रधानमन्त्रीको जवाफ : विरोधका लागि विरोध नगरौँ, सरकारले सक्दो कोसिस गर्दैछ

सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान
संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको समितिको बैठकले निरौला र पाण्डेविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको हो ।


न्यायपरिषद्ले उच्च अदालतमा न्यायाधीश रहेका निरौँला र पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो । उजुरी आव्हानसँगै निरौला र पाण्डेको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

प्रस्तावित प्रधान न्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार

महासंघले भन्यो-अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर

बार अध्यक्षले भने- न्यायपरिषद्लाई खबरदारी गर्दा अवहेलना मुद्दा चलाइयो

चणिकलाल तामाङलाई कार्यवाहक प्रधानमन्त्रीको सम्मान

आवधिक योजनाका आधारका बजेट निर्माण हुनुपर्छ : मुख्यमन्त्री सिंह

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस

माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने

बीपी राजमार्ग दुईतर्फी खुल्न तीन महिना लाग्ने
बीपी राजमार्गअन्तर्गत धुलिखेल–बर्दिबास सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन तीन महिना लाग्ने भएको छ ।

लगातारको वर्षाका कारण उक्त राजमार्गअन्तर्गत नेपालथोक–भकुण्डे र रोशी गाउँपालिकाको बर्खे खोलाको कटानले सडक बगाएपछि उक्त सडक निरन्तर अवरुद्ध छ ।


उक्त राजमार्गका विभिन्न ठाउँको पहिरो हटाउने र भाँसिएको सडकखण्डमा वैकल्पिक रुपमा यातायात सञ्चालन गराउन पहल भइरहेको सडक विभागले जनाएको छ । यद्यपि, भाँसिएको र भत्केको सडकको खण्डको पुनः निर्माण गर्न भने केही महिना लाग्ने देखिएको हो ।

दशैँअघि बीपी राजमार्गलाई एकतर्फी रुपमा सञ्चालन गर्ने गरी भाँसिएको ठाउँबाट सडक डाइभर्सन गरी वैकल्पिक रुपमा यातायात खुलाउने विभागको योजना छ ।

बाढी-पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २०९ पुग्यो

खुलेन बीपी राजमार्ग, भोकैतिर्खै पाइला नाप्दै यात्रु (तस्बिरहरू)

बाढी र पहिरोमा बेपत्ताको खोजी गर्न साना किसान सहकारीको अपिल

पहिरोमा पुरिएका ६ फुटबलरको एकसाथ अन्तिम बिदाइ (तस्बिरहरू)

खुलेन बीपी राजमार्ग, भोकैतिर्खै पाइला नाप्दै यात्रु (तस्बिरहरू)

दोलखामा बाढीपहिरो : ७ जनाको मृत्यु, करोडौँको क्षति, टेलिफोन र इन्टरनेट बन्द

पानी घटेपछि बाढीपीडितहरू घर फर्किए

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

बाढी र पहिरोमा बेपत्ताको खोजी गर्न साना किसान सहकारीको अपिल

झ्याप्लेमा अवरुद्ध सडक खुल्यो
पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारिसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए।


‘आजदेखि काठमाडौँ उपत्कायबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बहिरिने छन्’, उनले भने, ‘मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।’

पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध

जुगलको तेगा पहिरोमा पुरिएका सात जनाको खोजी गरिँदै

महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात

रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु
प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार भएको आक्रमणमा आफ्ना नेताको मृत्यु भएको जनाएको छ ।

‘हमासका नेता फतह शरीफ अबु अल अमीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लेबनानमा रहेका हमासका विदेशमामिला हेर्ने नेताको दक्षिण लेबनानको अल बास क्याम्पमा रहेको आफ्नो घरमा भएको हवाई आक्रमणमा मृत्यु भएको छ ।’


आक्रमणमा उनकी श्रीमती, छोरा र छोरीसहितको मृत्यु भएको हमासले बताएको छ । लेबनानी राष्ट्रिय समाचार संस्थाले टायर शहर नजिकै अल बासमा हवाई आक्रमण भएको र शिविरलाई निशाना बनाइएको यो पहिलो पटक भएको जनाएको छ ।

जापान : निर्वाचन गर्ने तयारीमा एलडीपी नेता इसिबा

ट्युनिसियामा आप्रवासी चढेको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु

श्रीलंकाको निर्यातमा ४.६७ प्रतिशतले वृद्धि

 

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : ०१ बजे

क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड लाग्ने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा

बाढीपहिरो प्रभावितका लागि राहत कोषमा तत्काल रु एक अर्ब उपलब्ध गराइने

काठमाडौं – नेपाल सरकारले हालै आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल

बाढी पहिरोमा परेका मृतकका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

काठमाडौं – सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं – सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ

कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने

काठमाडौं – नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला