नेपाललाई साफका पाँच फाइनल हारेको पीडा मेटाउने अवसर « Khabarhub

नेपाललाई साफका पाँच फाइनल हारेको पीडा मेटाउने अवसर


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ महिला च्याम्पियन्सिप अन्तर्गत बुधबार साँझ फाइनल खेलमा नेपाल र बंगलादेश खेल्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।

नेपालले साफ च्याम्पियनसिपमा छैटौं पटक फाइनल खेल्दै छ । गत साफमा काठमाडौंमै नेपाल फाइनलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

नेपालसँग उक्त फाइनलको हारको बदला लिने यस पटक सुनौलो अवसर जुरेको छ । सन् २०१० मा पहिलो साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको थियो ।

बंगलादेशमा आयोजना गरियो यो प्रतियोगिताको फाइनलमा भारतले नेपाललाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो । उक्त खेलमा भारतकी सस्मिता मालिकले खेलको ६५औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

त्यसपछि २०१२ मा श्रीलंकामा आयोजना गरिएको दोस्रो साफमा पनि नेपालले फाइनलमा भारतकै सामना गरेको थियो । उक्त खेलमा नेपाल ३-१ गोलले पराजित भयो ।

यस फाइनलमा खेलको तेस्रो मिनेटमा नै दीपा अधिकारीले गोल गर्दै अग्रता दिलाए पनि नेपालले अग्रता जोगाउन सकेन ।

त्यसपछि भारतका लागि सुप्रिया रोउत्राय, बमबम देवी र कमला देवीले एक एक गोल गरेर उपाधि जिते । भारत दोस्रो पटक च्याम्पियन बन्दा नेपाल दोस्रो पटक उपविजेता बन्यो ।

त्यस्तै २०१४ मा पाकिस्तान भएको साफको फाइनलमा पनि फेरी एक पटक भारत र नेपाल आमने सामने भए । यस फाइनलमा भारतले नेपाललाई ६-० ले हरायो ।

भारतकी बाला देवीले ४ गोल गरेकी थिइन् भने कमला देवी र परमेश्वरी देवीले एक गोल गरेकी थिइन् । यसरी भारत लगातार तेस्रो पटक च्याम्पियन बन्यो भने नेपाल लगातार तेस्रो पटक उपविजेता बन्यो ।

त्यसपछि २०१६ मा भारतमा आयोजना भएको साफमा भने नेपाल सेमिफाइनलमा भारतसँग नै पराजित भयो । फाइनलमा भारत र बंगलादेश पुगेका थिए ।

फाइनलमा भारतले बंगलादेशलाई ३-१ ले पराजित गरेर लगातार चौथो पटक उपाधि जितेको थियो । त्यसपछि २०१९ मा नेपालमै आयोजना गरिएको साफमा नेपाल फेरि एक पटक भारतसँगै फाइनलमा पुग्यो ।

फाइनल खेलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित भयो । यस खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् । यससँगै भारत लगातार पाँचौं पटक साफको च्याम्पियन बनेको थियो भने नेपाल चौथो पटक उपविजेता बनेको थियो ।

त्यसपछि २०२२ मा पनि नेपालमाइ आयोजना गरिएको साफमा फाइनलमा बंगलादेश र नेपाल पुगेका थिए । पहिलो पटक नेपालले भारतलाई सेमिफाइनलमा रोक्दै फाइनलमा पुगेको थियो । तर फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भयो र फेरी उपविजेतामै चित्त बुझायो ।

अब यस पटक पनि २०२२ कै अवस्था दोहोरिएको छ । आज हुने फाइनलमा नेपालका अगाडी २०२२ को फाइनल हारको बदला लिने अवसर त छदै छ, अर्को तर्फ अहिलेसम्म ५ फाइनलमा हारेको पीडा मेटाउने सुनौलो अवसर पनि छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  २ : १३ बजे

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार