भीम रावलबारे कर्ण मल्ल : उहाँलाई केपी बाले निकाले, मलाई शेरबहादुर दाइले « Khabarhub

भीम रावलबारे कर्ण मल्ल : उहाँलाई केपी बाले निकाले, मलाई शेरबहादुर दाइले


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत बुधबार नेकपा एमालेबाट निष्कासन गरिएका पूर्वउपाध्यक्ष डा. भीम रावल अहिले आन्तरिक छलफलमा छन् । एमालेबाट निकालिएपछि नयाँ यात्राका लागि विभिन्न विकल्पमा छलफल गरिरहेका उनले आफूसँग विचार मिल्ने र नमिल्ने शक्तिका नेतालाई पनि भेटिरहेका छन् ।

एमालेले ढोका बन्द गरेपछि अन्य दलतिर नजाने बरु नयाँ पार्टी खोल्ने गरी छलफलमा रहेका उनले सोमबार नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्लसँग संवाद गरेका छन् ।

हाल कांग्रेस बीपीका उपसभापतिरहेका मल्लसँग रावलले टोखास्थित आफ्नो निवासमा छलफल गरे । सुदूरपश्चिम प्रदेश सांसद डा. तारा जोशीसहित टोखा पुगेका मल्लले रावलजतिको उचाइको नेताका लागि यो अवस्था आउनुमा दुःख लाग्दो रहेको बताए ।

रावल कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र थिए । बुटवलको आठौं महाधिवेशनमा रावल र ओली एकै प्यानलबाट उठेर हारेका थिए । उता मल्ल पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्र थिए ।

देउवाकै बलमा डडेल्धुरा सभापति भएका मल्ल पनि कांग्रेसबाट किनाराकृत भएर नयाँ पार्टीमा छन् । उता रावल पनि एमालेले ढोका बन्द गरेपछि नयाँ पार्टीको तयारीमा लागेका छन् । ठूला पार्टीबाट निकालिएका यी दुई नेताबीच अहिले नै सहकार्यको आँकलन गर्न मुश्किल छ । तर मल्लले रावल नयाँ शिराबाट जान तयार भए सहयात्रा हुन सक्ने पनि टोखा भेटपछि खबरहबसँग बताएका छन् ।

भीम रावलसँग भेटका क्रममा कर्ण मल्ल

के भन्छन् मल्ल ? उनकै शब्दमा
भीम रावलजत्तिको उचाइमा पुगेका, एउटा राष्ट्रिय पार्टीका नेतालाई राजनीतिक जीवनमा योभन्दा ठूलो दुःखद्, योभन्दा संकटपूर्ण अवस्था आएको सायदै होला । यस्तो पहिलो पटक नै होला । यही घटनाक्रमलाई लिएर मैले उहाँसँग भेटघाट गरेको हुँ ।

बाँकी रह्यो अगाडिको गन्तव्यको कुरो । पर्सि उहाँको पत्रकार सम्मेलन हुँदैछ । पत्रकार सम्मेलनमार्फत् उहाँले तपाईंहरू सबैसामु जानकारी गराइहाल्नु हुन्छ होला । त्यसकै तयारीमा हुनुहुन्छ ।

मिलेर साथ साथै जाने भन्ने कुरा पनि छन्– नयाँ शीराबाट, नयाँ ढंगबाट पुराना समस्या समस्या समाधान गर्ने गरी हामी जन्मिएका ठाउँका, हुर्किएका ठाउँका, राजनीति गरेका ठाउँका (हामी भनेको उहाँसहित म, तिमी–हामी सबै) । त्यहाँका समस्यालाई प्राथमिकतामा राखेर देशका समस्या समाधान गर्ने गरी नयाँ फर्मुलाहरू निकालेर, नयाँ शीराबाट जानका लागि उहाँ (रावल) तयार हुनुभयो भने त्यो ढंगले पनि जान सकिन्छ भन्ने विचार–विमर्शहरू भए ।

नयाँ पार्टी खोल्ने उहाँको भनाइ सत्यनजिक नै होला । नजिक नै छ । नयाँ अभियान सुरु गर्ने, पुराना कुरालाई नयाँ ढंगबाट सुरु गर्ने । त्यसलाई जनताले कसरी रेस्पोन्स गर्छन्, विभिन्न दलबाट प्रताडनामा रहेका, ब्लकेज भएका, जिम्मेवारीमा रहेका तर, ब्लकेज भएर आफ्नो भविष्य नदेखेका राजनीतिकर्मीको साथ, सहयोग कस्तो रहन्छ । त्यसै ढंगले अगाडि बढिने हो ।

उहाँ र मेरो भेटघाट त राम्रै भयो । स्वाभाविक हुने भयो । मलाई शेरबहादुर दाइले निकालेको । उहाँलाई केपी बाले निकालेको । उहाँ राष्ट्रियस्तरको नेता, म जिल्लास्तरको नेता । यो ढंगले पनि स्वाभाविक हुने भयो उहाँ र मेरो भेटघाट ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १ : ४२ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार