माधव नेपालसँग वार्तापछि वामदेवले भने- समाजवादीमा जाने सम्भावना छ « Khabarhub

माधव नेपालसँग वार्तापछि वामदेवले भने- समाजवादीमा जाने सम्भावना छ


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तामा पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका छन् ।

आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सोमबार अध्यक्ष नेपालसँगको छलफलपछि गौतमले पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका हुन् ।

एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिरिने क्रममा एमालेका पूर्वउपाध्यक्ष गौतमले भने, ‘पुराना स्मरणहरू पुनर्जीवित गरियो । नयाँ आकाशतर्फ फेरि हिँड्न पर्छ भन्ने पनि कुरा भयो । अनि आजलाई स्थगित भयो ।’

उनले एकीकृत समाजवादीमा आफू जान सक्ने सम्भावना रहेको पनि बताए । ‘सम्भावना छँदै छ नि त,’ पत्रकारले एकीकृत समाजवादीमा जानेबारे राखेको जिज्ञासामा गौतमले भने ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ३ : ३७ बजे

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन