सडकलाई समृद्धिसँग जोड्नुपर्नेमा मन्त्री दाहालको जोड | Khabarhub Khabarhub

सडकलाई समृद्धिसँग जोड्नुपर्नेमा मन्त्री दाहालको जोड


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरूलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा व्यक्त गरेका छन्।

सडक बोर्ड नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज बोर्डमा आयोजित कार्यक्रममा उनले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताए। अब बन्ने संरचनाहरुले देशको समृद्धि यात्रामा कति महत्त्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।

नेपाल अझै पनि विकास निर्माणकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले अब बन्ने संरचनाहरूलाई दिगो, सुरक्षित र उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए। जनजीविका, राजस्व संकलन, आर्थिक क्रियाकलाप तथा बृहत् जनसङ्ख्या र भूगोललाई प्रत्यक्ष फाइदा पुर्‍याउने योजनाहरूमा मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए।

कार्यक्रममा मन्त्री दाहालले सडक बोर्डअन्तर्गतका रुग्ण ठेक्काहरुको शीघ्र व्यवस्थापन गर्न निर्देशन दिँदै सडक मर्मतसँगै अनुगमनलाई समेत प्रभावकारी बनाउन आग्रह गरे।

त्यसअवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले आर्थिक वृद्धिको प्रमुख आधार सडकसमेत भएकाले आर्थिक विकास र वृद्धिलाई सहयोग पुग्नेगरी सडक सञ्जाल विस्तार गर्नुपर्ने बताए।

पूर्वाधारमा गरिएको लगानीले दीर्घकालीन प्रतिफल दिने भएकाले कुनै पनि पूर्वाधार तथा संरचना निर्माण गर्दा स्थायित्व र गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए । बोर्डका कार्यकारी निर्देशक गणेश केसीले बोर्डलाई स्वायत्त बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका थिए भने कार्यक्रममा बोर्डका पूर्वसदस्यहरुलाई सम्मान गरिएको थियो ।

 कार्यक्रममा बोर्डको गत आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ४ : ०० बजे

पोर्चुगलका पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

लिस्बन – पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि स्थानीय सञ्चारमाध्यमले यसअघि नै

‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति रास्वपाको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे

आजका समाचार : सर्वोच्चले जोगाइदियो ५२ भाइको जागिर, कुलिङ पिरियडमा छानविन समिति बन्दै, प्रधानमन्त्री रियल मड्रिडमा र फुटबलर जोटा दुर्घटनामा बिते   

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकनप्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको

नेपाल औषधि लिमिटेडले आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि

एजेन्सी – अमेरिकी कर वृद्धिका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न