मालवाहक ट्रकमा १६१ किलो गाँजा, दुई जना पक्राउ « Khabarhub

मालवाहक ट्रकमा १६१ किलो गाँजा, दुई जना पक्राउ


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा प्रहरीले वीरगञ्जबाट १६१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौँडा उपमहानगरपालिका-७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवन राप्ती नगरपालिका-३ बस्ने २० वर्षीय रोनाल विश्वकर्मा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना३ख ४२१२ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा आइतबार राति गाँजा फेला पारेको हो।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार महानगरपालिका-१८ भवानीपुर सीताराम चोकस्थित सडकबाट उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो।

ट्रकको हुटमा फल्स बनाई प्लास्टिकमा बेरेर राखिएको १६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला परेको लम्सालले बताए। कृष्ण ट्रकका चालक हुन् भने रोनाल ट्रकमा सवार व्यक्ति थिए। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ६ : ५८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र