मालवाहक ट्रकमा १६१ किलो गाँजा, दुई जना पक्राउ « Khabarhub

मालवाहक ट्रकमा १६१ किलो गाँजा, दुई जना पक्राउ


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा प्रहरीले वीरगञ्जबाट १६१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौँडा उपमहानगरपालिका-७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवन राप्ती नगरपालिका-३ बस्ने २० वर्षीय रोनाल विश्वकर्मा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना३ख ४२१२ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा आइतबार राति गाँजा फेला पारेको हो।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार महानगरपालिका-१८ भवानीपुर सीताराम चोकस्थित सडकबाट उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो।

ट्रकको हुटमा फल्स बनाई प्लास्टिकमा बेरेर राखिएको १६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला परेको लम्सालले बताए। कृष्ण ट्रकका चालक हुन् भने रोनाल ट्रकमा सवार व्यक्ति थिए। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ६ : ५८ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी