बालबालिकालाई दुनाटपरी बनाउन सिकाउँदै ज्येष्ठ नागरिक « Khabarhub

बालबालिकालाई दुनाटपरी बनाउन सिकाउँदै ज्येष्ठ नागरिक


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाका ज्येष्ठ नागरिकले आफूमा भएको सीप तथा अनुभव अन्तरपुस्तामा हस्तान्तरण गरेका छन् । फेदीखोला गाउँपालिका–१ का ज्येष्ठ नागरिकले अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्ञान हस्तान्तरण गरेका हुन् ।

सामाजिक विकास कार्यालयको सहयोगमा अन्तरपुस्ता सीप तथा अनुभव हस्तान्तरण गरिएको कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिए । ज्येष्ठ नागरिकले बालगृहमा रहेका ३८ बालबालिकालाई हाम्रो मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले दुनाटपरी, बाती कात्ने, बाँसबाट बुनिने डोका तथा डस्टविन बनाउने सीप हस्तान्तरण गरेको उनले बताए ।

‘प्रायःजसो पढाइलेखाई र अन्य शैक्षिक गतिविधिमा रहने बालगृहका बालबालिका पुस १४ र १५ गते दुई दिन फरक दृश्यमा देखिए’, उनले भने, ‘ज्येष्ठ नागरिक आफूले जानेका सीप तथा अनुभव नयाँ पुस्तालाई सिकाउँदै थिए भने नयाँ पुस्ता अझै उत्साहित भई सीप सिक्न दत्तचित्त भएर लागेको देखिन्थ्यो ।’

बालगृहमा अध्ययनरत ३८ बालबालिका दुई दिनसम्म कोही दुनाटपरी बुन्न, कोही ज्योति बाल्न प्रयोग हुने बाती बनाउन त कोही डोको, नाम्लो बुन्दै थिए । ज्येष्ठ नागरिकमा विभिन्न क्षेत्रको अनुभव र सीप रहेकाले त्यसलाई पुस्तान्तरण गर्न सामाजिक विकास कार्यालयले पुलको काम गरेको उनको भनाइ छ ।

बालबालिकालाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक र प्रयोगात्मक ज्ञानले भोलिका दिनमा परम्पराको संरक्षणसँगै सीप पुस्तान्तरणमा पनि टेवा पुग्ने अमोर सेवा बालगृहकी सञ्चालिका कमला पराजुलीले बताए । विभिन्न क्षेत्रमा सीप भएका स्थानीय ज्येष्ठ नागरिकले बालबालिकालाई आफूमा भएको सीप सिकाएका थिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : ५६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र