पाकिस्तान क्रिकेट टिमको कप्तानमा फर्किए बाबर « Khabarhub

पाकिस्तान क्रिकेट टिमको कप्तानमा फर्किए बाबर


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सबै फर्म्याटको क्रिकेटबाट कप्तानी पद छाडेका बाबर आजमलाई पाकिस्तान क्रिकेट बोर्डले पुनः क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ ।

यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई पुनः नियुक्त गरिएको ट्विटरमार्फत घोषणा गरेको हो ।

गत वर्ष भारतमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टिम सेमिफाइनलमा प्रवेश गर्न नसकेको भन्दै बाबरले गत वर्ष नोभेम्बरमा सबै फर्म्याटका क्रिकेटबाट कप्तानी पद त्याग गरेका थिए।

यसअघि अन्तरिम व्यवस्थाका रुपमा टी–२० क्रिकेटका लागि तिब्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । साथै शान मसूदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो।

कप्तानको फेरबदल र मुख्य प्रशिक्षकलाई पनि हटाएपछि पाकिस्तानी क्रिकेट टोलीको नतिजा अनुकुल आउन सकेको छैन् ।

अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप अघि पाकिस्तानले अब बाबरको कप्तानीमा न्यूजील्यान्ड, आयरल्यान्ड र इङल्यान्ड विरुद्ध टी–२० क्रिकेट खेल्दैछ ।

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १ : ४१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा