विपन्न परिवारलाई नगरपालिकाको घर उपहार « Khabarhub

विपन्न परिवारलाई नगरपालिकाको घर उपहार


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

वालिङ– चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई उपहारस्वरूप घर निर्माण गरिदिएको छ । चापाकोट–१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका–४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई ती घर मंगलबार हस्तान्तरण गरिएको हो ।

चापाकोट नगरपालिकाको विपन्न नागरिक आवास पुनःस्थापन कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको रकमबाट दुईकोठे घर निर्माणपश्चात् हस्तान्तरण गरिएको नगरप्रमुख देवबहादुर खाणले बताए ।

‘घर निर्माण गर्न आफ्नो नामको लालपुर्जा भएको जग्गा उपलब्ध गरायौँ’, केशबहादुरले भने, ‘नगरपालिकाले आर्थिक सहयोग गरेर दुई कोठे घर बनाइदियो र अहिले त्यही नयाँ घरमा बस्न थालेका छौँ ।’

गत आर्थिक वर्षदेखि सुरु भएको ‘विपन्न परिवारसँग नगरप्रमुख’ अभियानलाई निरन्तरता दिँदै घर निर्माण गर्ने तयारीमा रहेको छ । प्रतिघर र दुई लाख ८० हजारका दरले १६ लाख ८० हजारको लागतमा छवटा घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख खाणले बताए ।

नगरपालिकाका वडा नं १ र ७ मा एक-एक घर तथा वडा नं ४ र १० मा दुई-दुई घर निर्माणपश्चात् हस्तान्तरण गरिएको हो । 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ८ : ०१ बजे

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

तनहुँ– तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड

नरक चतुर्दशी स्नान र दीपदान गरियो

काठमाडौँ– अरुणोदयकालअघिको समयमा नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई

भोजपुरको पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आकर्षण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन

इजरायलमा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी

काठमाडौँ– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सेना प्रमुख तथा विपक्षी

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा पोखरा महानगरको अनुगमन

कास्की– पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै