हमासका प्रमुख इस्माइल हनियाको इरानमा हत्या « Khabarhub

हमासका प्रमुख इस्माइल हनियाको इरानमा हत्या


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको इरानको राजधानी तेहरानमा हत्या गरिएको बीबीसीले जनाएको छ । गाजामा शासन गर्ने समूहको एक विज्ञप्तिमा उनको मृत्युको दोष इजरायललाई लगाएको छ।

हानिया र उनका एक अंगरक्षक बसेको भवनमा आक्रमण भएको थियो । सोही आक्रमणमा उनीहरू मारिएका बताइएको छ । हमासले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हनियाह मंगलबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा भाग लिन तेहरानमा थिए ।’

‘इस्लामिक प्रतिरोध आन्दोलन हमासले प्यालेस्टिनी जनता, अरब र इस्लामिक राष्ट्र र विश्वका सबै स्वतन्त्र मानिसहरूसँग शोक साझा गर्दछ । भाइ, नेता, शहीद, आन्दोलनका प्रमुख मुजाहिद इस्माइल हनिया, जसको हत्या भएको थियो। तेहरानमा उनको निवासमा एक विश्‍वासघाती सियोनिस्ट आक्रमण भएको थियो,’ हमासले भनेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले पनि हानियाको मृत्यु भएको घोषणा गरेको छ ।

‘आज बिहान, तेहरानमा इस्माइल हनियाको निवासमा आक्रमण भयो, जसको परिणामस्वरूप उनी र उनका एक अंगरक्षकको शहीद भयो। कारण अनुसन्धान भइरहेको छ र छिट्टै घोषणा गरिनेछ,’ आईआरजीसीले एक विज्ञप्तिमा भनेको छ ।

हानिएह कसरी मारिए भन्ने बारे कुनै विवरण सार्वजनिक भएको छैन । आईआरजीसीले आक्रमणबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १० : २० बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम