यस्ता छन् अनुहारमा नरिवलको तेल लगाउँदाका फाइदा  « Khabarhub

यस्ता छन् अनुहारमा नरिवलको तेल लगाउँदाका फाइदा 


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजकल धुलो, प्रदूषण, अस्वस्थ खानपान र छालाको उचित हेरचाह नगर्ने कारणले गर्दा मानिसहरू सानै उमेरमा बुढो देखिन थाल्छन् ।

अनुहारमा दाग धब्बा, चाउरीपना, फाइन लाइन्स, छाला कसिलो नहुनुको सट्टा लुलो देखिन थाल्छ । मानिसहरू जवान देखिनको लागि धेरै प्रकारका छाला उत्पादनहरू प्रयोग गर्छन्, विशेष गरी महिलाहरूका लागि धेरै किसिमका क्रिमहरू बजारमा पाइन्छ ।

तर, त्यस्ता महँगा क्रिमहरू भन्दा  घरेलु उपचार गर्नेले धेरै चमत्कार गरिरहेका हुन्छ । त्यसमाथि, घरेलु उपचारले छालाको हेरचाहमा कुनै साइड इफेक्ट गर्दैन । तर संवेदनशील छाला भएकाहरूले भने छालाको टेस्ट अवश्य गर्नुपर्छ, किनभने केही मानिसहरूलाई केही चीजहरूमा एलर्जी हुन सक्छ।

यदि छालामा चाउरीपना, फाइन लाइन्स, थिलथिलो छाला वा पिग्मेन्टेसन देखिन थालेको छ भने हामी एउटा सस्तो घरेलु उपाय बताउने छौं, जसले तपाईँको छालालाई १५ दिनमा कडा बनाउन सक्छ । छालामा देखिने सामान्य समस्याहरू कम हुने देखिन्छ ।

यो घरेलु औषधि फिटकिरी, नरिवलको तेल र चामलको पीठोबाट बनेको हुन्छ। यो ब्यूटी टिप सिम्पल केयर नामक फेसबुक पेजमा सेयर गरिएको छ, यो फेस प्याक कसरी बनाउने र अनुहारमा प्रयोग गर्ने भन्नेमा जानौँ ।

एउटा कचौरामा फिटकरीको टुक्रा राख्नुहोस् । अब त्यसमा दुई चम्चा नरिवलको तेल हालेर ५ मिनेटसम्म छोड्नुहोस् । अब कचौराबाट फिटकरी निकाल्नु होस्। कचौरामा बाँकी रहेको तेलमा आधा चम्चा चामलको धुलो, एक चौथाइ चम्चा ग्लिसरीन, एक चम्चा दही मिसाउनु होस् । दही बाक्लो र अमिलो भएमा राम्रो हुन्छ ।

अब यो पेस्ट अनुहारमा राम्ररी लगाउनुहोस्। यसलाई १५ मिनेटको लागि छोडी दिनुहोस्। अब पानीले अनुहार सफा गर्नुहोस्। यसलाई हप्तामा तीन दिन लगातार लगाउने गर्नुहोस्। यसलाई नियमित गर्ने प्रयास गर्नुहोस्, यसले तपाईँको पुरानो र थिलथिलो अनुहारलाई धेरै टाइट र आकर्षक देखाउने छ। अनुहारमा चमक आउनेछ । दाग र ट्यानिङ सबै हट्नेछ। छाला पनि नरम हुनेछ ।

तर, जसको छाला धेरै संवेदनशील छ, तिनीहरूले कुनै पनि घरेलु छाला हेरचाह उपचार प्रयास गर्नु अघि छाला परीक्षण गर्नुपर्छ। घरेलु उपचार सामान्यतया सुरक्षित छन् र धेरै साइड इफेक्टहरू भने हुने छैनन् ।

जसको छाला बढी सेन्सेटिभ छ, उनीहरूले हात वा गालाको कुनै भागमा अलिकति पेस्ट लगाएर ५ मिनेटसम्म छोडिदिनुहोस् । यदि कुनै प्रकारको चिलाउने, जलन वा रातोपन छ भने यो पेस्ट प्रयोग नगर्नुहोस् । -न्युजकारखानाबाट साभार

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ७ : ५१ बजे

ट्रम्प र सीबीच टेलिफोन वार्ता

काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन

काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं