रवि र छविसहित सबै प्रतिवादीको बयान सकियो, थुनछेक बहस सुरु « Khabarhub

सहकारी ठगी प्रकरण

रवि र छविसहित सबै प्रतिवादीको बयान सकियो, थुनछेक बहस सुरु


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

पोखरा- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सबै प्रतिवादीको बयान मंगलबार सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादीहरूको बयान सकिएपछि थुनछेक बहस सुरु भएको श्रेस्तेदार राजन खनालले खबरहबलाई बताए । प्रतिवादीमध्ये एक आरती गुरुङको बयान मंगलबार सकिएको छ ।

‘सबै प्रतिवादीहरूको बयान मंगलबार सकिएको छ । बयान सकिएपछि आजैबाट थुनछेक बहस अघि बढेको छ’, खनालले भने, ‘मंगलबारदेखि नै सुरु भएको थुनछेक बहस दुई-चार दिन जान सक्छ । प्रतिवादीहरू धेरै भएकाले बहस लम्बिने सम्भावना छ ।’

रास्वपा सभापति लामिछानेको बयान गत शुक्रबार सकिएको थियो । त्यसपछि अन्य प्रतिवादीको बयान अघि बढेको थियो । अन्य आरोपीहरूको पनि बयान मंगलबार सकिएसँगै अब सरकारी वकिल र प्रतिवादीका वकिलहरूले बहस थालेका हुन् ।

सोमबार र मंगलबार गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइएको थियो । त्यसपछि अर्का प्रतिवादी लीला पछाईसँग बयान गरिएको थियो ।

रविसँगै इजलासमा छविलाल, लीला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङको भएको हो ।

रविले दुई दिन लामो बयानका क्रममा सहकारी ठगीसहितका आरोपमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए । उता सरकारी वकिलको कार्यालयमा पनि उनले आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।

कास्की अदालतकोले सुनुवाइ सकिएपछि रवि लगायतका आरोपीलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

त्यही अभियोगमा ५ जनालाई बिगोअनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । रवि पक्राउ परेको ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको थियो ।

लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ ।

लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो ।

रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ३ : ४५ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ