गृहिणी महिलालाई भत्ता दिनुपर्छ : हरिप्रभा खड्की  « Khabarhub

गृहिणी महिलालाई भत्ता दिनुपर्छ : हरिप्रभा खड्की 


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्कीले गृहिणी महिलालाई भत्ता दिनुपर्ने बताएकी छन् । मंगलबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गृहिणीको सशक्तीकरण विना सामाजिक रूपान्तरण नहुने बताएकी हुन् । 

उनले भनेकी छन्, ‘ मनमोहन अधिकारीले ज्येष्ठ नागरिकको सर्वोत्तम हितको लागि वृद्ध भत्ताको सुरुवात गर्नुभएको थियो । त्यसरी नै गृहिणी भत्ता सुरु हुनुपर्छ । तर भत्ता जागिरे, व्यवसायीको लागि नभई विशुद्ध घरमा गृहिणीलाई मात्रै हो ।’ 

साथै, उनले बागमती प्रदेश सरकारले आमाबुबाविहीन बालबालिकाको लागि सामाजिक सुरक्षा भत्ता पनि दिने निर्णय भएको बताइन् ।

उनले थपिन्  ‘बागमती प्रदेशमा ११९ पालिका छन् । जसमा ७४ पालिकामा यस्ता कार्यक्रम अगाडी बढिसकेको छ । ‘बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारीका साथ काम भइरहेको छ । बाल विवाह न्यूनीकरणका लागि एक करोड ११ करोड बजेट छुट्टाइएको छ ।’ 

त्यसैगरी बागमती प्रदेशले बालबालिकासम्बन्धी ऐन २०७६ मा बालविवाह अन्त्यको लागि प्रादेशिक रणनीति अगाडी बढेको पनि उनले जानकारी गराएकी छन् ।

 ‘बाल अधिकार नीति र बालिका तथा समावेशी शिक्षा नीति बनेको छ, उनले भनिन्,  ‘पहाडी भेगमा भन्दा तराईमा बाल विवाह भएको देखिन्छ । नीति तथा कार्यक्रममा समावेश गरेर कार्यविधि बनाएरै काम गर्नुपर्छ । पुर्णरुपमा अधिकार प्राप्त नहुँदा प्रदेश सरकारलाई काम गर्न कठिनाइ छ ।’ 

मन्त्रालयले आजदेखि सातै प्रदेशसँगको सहकार्यमा ‘बाल विवाहमुक्त नेपाल अभियान देशैभर अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ३ : ४९ बजे

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय