सबैभन्दा धेरै बालविवाह कर्णालीमा, दोस्रोमा मधेश « Khabarhub

सबैभन्दा धेरै बालविवाह कर्णालीमा, दोस्रोमा मधेश


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशका सामाजिक विकास मन्त्री प्रमोदकुमार जयसवालले छोरीहरूले भागेर विवाह गर्ने डरले अभिभावकले बालखैमा विवाह गरिदिने गरेको बताएका छन् । 

मंगलबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले इज्जत र प्रतिष्ठाको कारणले अभिभावक नै बाल विवाहमा सक्रिय भएको बताए । 

उनले भने, ‘छोरी भागेर बिहे गर्छन् कि भन्ने डरले अभिभावकले बालविवाह गरिदिएको पाइन्छ । त्यसैले अभिभावकलाई सचेत गराउनुपर्ने अवस्था छ । धार्मिक मान्यता अनुसार कन्यादानको प्रचलनले छोरीहरुको जीवन कष्टमा धकेलेको पाइन्छ । बाल विवाहको कारण भूगोलपिच्छे फरक-फरक रहेको पाइएको छ । परिवेश र कारक तत्व पहिचान गरेर नीति तथा कार्यक्रम बनाउनुपर्ने देखिन्छ ।’ 

त्यस्तै, उनले मधेश प्रदेशमा भन्दा कर्णाली प्रदेशमा बाल विवाहको भयावह स्थिति भएको बताए । उनी थप्छन्, ‘कर्णालीपछि दोस्रोमा मधेश प्रदेशमा बाल विवाह भएको पाइन्छ । अभिभावकमा छोरीको उमेर जति बढ्यो उति दाइजो दिनुपर्ने त्रास मधेशमा रहेको छ । 

बलियो संयन्त्र बनाएर काम गर्न आवश्यक रहेको उनको भनाइ छ । मन्त्रालयले आजदेखि सातै प्रदेशसँगको सहकार्यमा ‘बाल विवाहमुक्त नेपाल अभियान देशैभर अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ४ : ५२ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।