बाल विवाहको अन्त्यविना देश समृद्ध बन्दैन : मन्त्री साह « Khabarhub

बाल विवाहको अन्त्यविना देश समृद्ध बन्दैन : मन्त्री साह


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले  ‘बाल विवाह’ को अन्त्य विना देश समृद्ध नबन्ने बताएका छन् । 

मंगलबार मन्त्रालय अन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रीले बाल विवाह समाजको कुरूपता भएको बताए । 

उनले भने, ‘समृद्ध देश बनाउनको लागि बाल विवाहको अन्त्य गर्नुपर्छ । बाल विवाह शारीरिक र मानसिक शोषण हो र अन्याय हो । बालबालिकाको हकहितको लागि पर्याप्त कानुन छ । अब कार्यान्वयन मात्रै हो । संघ, प्रदेश र पालिकाबीचमा समन्वय गरे कानुनको कार्यान्वयनमा कठिनाइ हुँदैन ।’

साथै, साहले बाल विवाह अन्त्यको लागि काँधमा काँध मिलाएर काम गर्ने प्रतिज्ञा गरेका छन् । समृद्धिका लागि एक्लै–एक्लै भन्दा सहकार्य गरेर काम गर्दा उपयुक्त हुने उनको भनाइ छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को धारा ३९ को उपदफा-१ अनुसार बालविवाह गर्नेलाई ३ वर्षको कैद र तीस हजार जरिवाना तोकिएको छ ।

मन्त्रालयले आजदेखि सातै प्रदेशसँगको सहकार्यमा ‘बाल विवाहमुक्त नेपाल अभियान देशैभर अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ५ : २७ बजे

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए