तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक « Khabarhub

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ मा सरोकारवालासँगको छलफल भएको छ ।

मंगलबार भएको छलफलमा समितिका सदस्यहरूले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको र थप छलफल अझै गर्नुपर्ने बताएका थिए । 

समितिकी सभापति तुलसाकुमारी दाहालले भनिन्, ‘दफावार छलफल गर्न बाँकी छ । विधेयक सकारात्मक छ भन्ने सबैको सहमति छ । विश्वविद्यालय निरन्तर सञ्चालन हुने वा नहुनेमा भने हाम्रो चासो हो ।’

तिलगङ्गा प्रतिष्ठानका पदाधिकारीसँग भएको छलफलमा तिलगङ्गाकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरूङलले तिलगङ्गा प्रतिष्ठानको ३० वर्षे इतिहासमा यहाँसम्मको यात्रा तय गर्नुमा व्यवस्थापनको हात रहेको बताइन्। 

उनले भनिन्, ‘संस्था राम्ररी चल्न व्यवस्थापन समूहको ठूलो हात हुन्छ । व्यवस्थापकीय ढाँचा राम्रो बनाउन सकियो भने पक्कै पनि विश्वविद्यालय पनि राम्ररी सञ्चालन हुनेछ ।’

तिलगङ्गाका प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनालले तिलगङ्गासँग जग्गा र स्रोत जुटाउनुपर्नेमा जोड दिए ।

 उनले भने, ‘हामीसँग ७० रोपनी जग्गा छ । बाँकी खोजीमा छौँ । दाताहरूले दिन्छौँ भनेर पक्का आश्वासन दिइसक्नुभएको छ । जग्गाले सरकारले तोकेको मापदण्ड हामी पूरा गर्न तयार छौँ ।’

उनका अनुसार विश्वविद्यालय सञ्चालनमा समस्या हुने छैन । खनालले भने, ‘१० वर्षको तथ्यांक हेर्ने हो भने संस्था सञ्चितिमै चलिरहेको छ । अहिले हामीसँग जति सञ्चिति बचत छ त्यो केही वर्षका लागि पुग्छ ।’

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : ३१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र