नयाँ वर्षमा नयाँ आकाङ्क्षा : धेरैको नजर रुस-युक्रेन युद्धमा « Khabarhub

नयाँ वर्षमा नयाँ आकाङ्क्षा : धेरैको नजर रुस-युक्रेन युद्धमा


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सन् २०२५ को जनवरी १ संसारका धेरै नेताका लागि महत्त्वपूर्ण वर्ष भएको छ। सन् १९९९ डिसेम्बर ३१ का दिन रुसी राष्ट्रपति बोरिस यल्तसिनले भ्लाडिमिर पुटिनलाई सत्ता हस्तान्तरण गरेका थिए। त्यस यताको २५ वर्षमा धेरै आरोह र अवरोह पार भएका छन्। २५ वर्षमा पुटिन संसारका शक्तिशाली नेताको रूपमा आफूलाई स्थापित गर्न सफल भएका छन्।

वर्ष २०२४को अन्तिम दिन डोनबासमा रुसी सेना प्रवेश गरिसकेका छन्। आन्तरिक राजनीतिमा त उनी झनै सफल भएका छन्। उनका विपक्षी नेता एलेक्सी नाभाल्नलीको ज्यान गइसकेको छ।

पुटिनको २५ वर्षे शासनकालमा विश्व राजनीतिले फरक मोड लिएको छ। २० जनवरीमा डोनाल्ड ट्रम्प ह्वाइट हाउस प्रवेश गर्ने दिन पुटिनका लागि नयाँ अनुभव समेत हुनेछ।

राष्ट्रपति जो वाइडेन रुस युक्रेन युद्धमा युक्रेनलाई सहयोग गर्न तत्पर नै रहे। ट्रम्पले बागडोर सम्हालेपछि उनको नीति कस्तो रहने ? भन्ने पखाई धेरैका लागि हो। धेरैको अनुमान ट्रम्पले युद्ध विरामका लागि प्रयास गर्नेछन् भन्ने नै हो।

अहिले ट्रम्पको विजयपछि उनले चाल्ने कदम त सबैका लागि चासोको विष बनेको छ। पुटिनका लागि सत्तामा पकड जमाएको २५ वर्ष पछिको यो वर्ष झनै अर्थपूर्ण छ।

५० वर्ष लामो आसाद सत्ता पतनपछि सिरियालीले पहिलो पटक नयाँ हर्षोल्लासका साथ मनाए। यसरी मनाउने सायदनाय जेलबाट छुट्नेहरू समेत थिए। पृथ्वीको नरकको रूपमा परिचित सायदनायमा प्रवेश गरेपछि त्यहाँबाट जिउँदै फर्कने अनुमान समेत कसैको थिएन। यस वर्ष विपक्षी सैन्य सङ्गठन हायात ताहिर अल साम्स (एचटिएस)ले सत्ता कब्जा गरेपछि त्यस जेलबाट सबै जना छुटेका छन्। सिरियाका राजधानी सहर दमासकसमा भव्य रूपमा नयाँ वर्ष २०२५ को स्वागत गरियो।

यस वर्ष बेलायतका प्रधानमन्त्री केइर स्टेमइरले पनि सत्ता प्राप्तिपछि पहिलो पटक नयाँ वर्ष मनाए। उनले यस वर्षलाई परिवर्तनको वर्षको रूपमा सम्झिए। स्पेनसँग भएको युरो कप फाइनल २०२४ को हारलाई सम्झँदै इङ्गल्यान्ड उपाधि जित्न नसके पनि फेरी शक्तिको रूपमा स्थापित भएको बताए। उनले अबको वर्षलाई सबैले आशा र सम्भावनाको रूपमा लिनका लागि अनुरोध गरेका छन्।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनसँगको लडाइँमा रहेका सेनाको सम्मानमा नयाँ वर्ष समर्पित गरे। यसैगरी भालाडोमिर जेलेन्सकीले पनि देशको स्वतन्त्रताका लागि लडी रहेकाप्रति नै यस नयाँ वर्षको साँझ समर्पित गरे।

जेलेन्सकी उत्साह र जोसका साथ नयाँ वर्ष २०२५ लाई पर्खनु पर्ने बताए। उनले आफूहरू विजय उन्मुख भइरहेको दाबी समेत गरे। फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले राष्ट्रिय सभा विघटन गर्ने निर्णय सही रहेको जिकिर गर्दै नयाँ वर्षको स्वागत गरे।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ७ : ४६ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ