कांग्रेसको १५ औँ महाधिवेशन : संवादमा ‘विरासत’ बोकेका नेताहरू « Khabarhub

कांग्रेसको १५ औँ महाधिवेशन : संवादमा ‘विरासत’ बोकेका नेताहरू


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनको तयारी स्वरूप सभापतिका आकांक्षी नेताहरू आन्तरिक तयारीमा जुट्दै गर्दा ‘विरासत’ बोकेका नेतात्रय डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि संवादमा जुटेका छन् ।

नेतापुत्रका रूपमा समेत चिनिँदै आएका नेतात्रय कोइराला, सिंह र निधिबीच बुधबार चाक्सीबारीमा भेटवार्ता भएको छ । चाक्सीबारी उपप्रधान तथा सहरीविकासमन्त्री समेत रहेका सिंहको निवास हो । 

यसअघि उनीहरूबीच गत असोज ८ मा पूर्वमहामन्त्रीसमेत रहेका कोइराला निवास महाराजगञ्जमा छलफल भएको थियो । कोइरालाले पूर्वउपसभापति निधि र पूर्वमहामन्त्री सिंहलाई बोलाएर छलफलको सुरुवात गरेका थिए ।

राजनीतिक परिवारमा जन्मे हुर्केका कोइराला, सिंह र निधिलाई कांग्रेसमा ‘विरासत’ बोकेका नेताका रूपमा चिनिन्छ । कोइराला बिपीका छोरा हुन् भने सिंह गणेशमानका र निधि महेन्द्रनारायणका छोरा हुन् ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र