आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै « Khabarhub

आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व शून्य भेदभाव दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो ।

शून्य भेदभाव दिवस समावेशीकरण, स्नेह, शान्ति, लैङ्गिक समानता एचआईभी एड्सविरुद्ध एकता तथा त्यसबाट पीडितलाई भेदभावरहित सम्मानपूर्ण व्यवहार हुनुपर्नेमा जोड दिँदै मनाइन्छ ।

सीमान्तकृत वर्गमा स्वास्थ्य सेवाको सुनिश्चितता, सन् २०३० सम्ममा एचआईभी नियन्त्रणका लक्ष्य हासिल गर्न विश्वभर आवश्यकका निम्ति अभिप्रेरित गर्नु यो दिवसको उद्देश्य हो ।

एचआईभी सम्बन्धित कलंक र भेदभाव हटाउने कार्यको लागि विश्वव्यापी साझेदारीअन्तर्गत एकताबद्ध भएका देशहरू र असङ्ख्य साझेदारहरूको प्रतिबद्धताको प्रशंसा गर्ने यो महत्त्वपूर्ण क्षण हो । सामुदायिक साझेदारहरूको महत्वपूर्ण संलग्नता र नेतृत्वको साथ, यो पहलले प्रणालीगत मानव अधिकार अवरोध र असमानताहरू हटाउने कामलाई तीव्र बनाउन महत्वपूर्ण भूमिका खेलेको छ, जसले गर्दा थप न्यायपूर्ण र समावेशी एचआइभी प्रतिक्रियाको लागि मार्ग प्रशस्त भएको छ ।

यसैबीच, आज समुद्री घाँस दिवस पनि मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा समुद्रको पारिस्थितिक प्रणाली संरक्षणका निम्ति चेतना जगाउन सन् २०२२ देखि विश्व घाँस दिवस पनि मनाउन प्रारम्भ भएको हो ।

यसबाट जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न तथा तटीय क्षेत्रका मानिसलाई बाढी र आँधीबेहरीको जोखिमबाट जोगाउन समुद्री घाँस महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ६ : ४९ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित आएका प्रतिपक्षी दलले पछिल्लो

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा