सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना « Khabarhub

सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ ।

कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे रु पाँच हजारदेखि १५ हजारसम्म कारबाही गर्ने भएको हो । 

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो ।

यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको कामपाको अनुगमन टोलीले भेटे कामपाको वातावरण  तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ९च० बमोजिम कारबाही हुने पनि कामपाले स्पष्ट पारेको छ ।

यसैबीच कामपाले फोहर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउनका लागि ३२ वटै वडामा छवटा क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ ।  फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको वातावरण व्यवस्थापन विभागको भनाइ छ ।

वातावरण विभागको प्रमुख सरिता राईका अनुसार छवटै क्षेत्रमा एक–एक वटा ट्रान्फरस्टेशन तयार गरी उक्त स्थानबाट फोहरको अन्तिम व्यवस्थापनका लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिने छ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरेको हो ।

यसका लागि कामपाले उत्पादकलाई फोहर व्यवस्थापनको जिम्मा लागाउने गरेको छ । प्रमुख राईका अनुसार फोहरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

हाल वडा नं ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने तयारी कामपाको छ । स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गरिने छ ।

हाल काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिक टन फोहर निस्कने गर्छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत साढे दुई वर्षदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १ : ०९ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय