सुरक्षा निकायसँग सम्बन्धित ऐन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन : एनपी साउद   | Khabarhub Khabarhub

सुरक्षा निकायसँग सम्बन्धित ऐन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन : एनपी साउद  


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका नेता एनपी साउदले सुरक्षा निकायजस्ता संस्थाहरूसँग सम्बन्धित ऐन–कानुन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु नहुने बताएका छन् । 

नेपाल भूतपूर्व सैनिक संघ, गण्डकी प्रदेशको शनिबार पोखरामा आयोजित प्रथम अधिवेशनको उद्घाटन समारोहमा उनले दुई तिहाइको दम्भ देखाएर सरकारले सुरक्षा निकायजस्ता संस्थाहरूसँग सम्बन्धित ऐन–कानुन बनाउनु नहुने बताएका हुन् ।  

‘सुरक्षा निकाय जस्तो गम्भीर विषयसँग सम्बन्धित विधेयकहरू दुई तिहाइको सरकारले ल्याउँदा सयभन्दा बढी सांसदहरूले संशोधन हालिसकेका छन्, नेता साउदले भने, ‘सरकारले ल्याएको जुन विधेयकमा सांसदहरूको क्वीक प्रतिक्रिया भएको छ । सुरक्षा निकाय जस्ता संस्थाहरूका बारेमा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन ।’ 

सुरक्षा निकायमा ‘चेन अफ कमान्ड’ कमजोर हुने गरी निजामति प्रशासनमा अधिकार राख्ने विषयले सुरक्षा निकायमा पर्न सक्ने दूरगामी असरका बारेमा गम्भीर छलफल हुनुपर्नेमा जोड दिए ।

‘यस्तो बेलामा सरकार संवेदनशील हुनुपर्छ । यसले मुलुकको बाह्य सुरक्षा र आन्तरिक सुरक्षा पनि प्रभावित गर्न सक्ने भएको हुनाले चेन अफ कमान्ड कमजोर हुने गरेर निजामति प्रशासनमा अधिकार राख्ने कुराले सुरक्षा निकायहरूमा दूरगामी रूपमा के असर पर्ने हो भन्ने कुरामा गम्भीर छलफल, बहस हुन जरुरी छ,’ उनले भने । 

नेता साउदले संविधान संशोधनसहितका सात बुँदामा सहमति गरेर कांग्रेस–एमालेको सरकार गठन भएको सात महिना बितिसक्दा पनि संशोधनका लागि पहल नभएको पनि बताए । 

‘अहिलेको सरकार दुई तिहाइको सरकार छ । सात बुँदे सहमति गरेर सरकार गठन भएको हो । सात बुँदेको महत्त्वपूर्ण बुँदा के हो भने हामी संविधान संशोधन गर्ने भन्ने नै हो,’ उनले भने, ‘संविधान संशोधन गर्ने कुरामा सात–आठ महिना भइसक्यो, कसैले कलमसम्म चलाएको छैन ।’ 

साउदले संविधानमै १० वर्षमा पुनरावलोकन गर्ने भनेर उल्लेख गरिएको स्मरण गर्दै  संविधान संशोधनको प्रक्रियामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

 ‘संविधान संशोधनको प्रक्रियालाई पहिले टुंगोमा पुर्‍याएर, त्यसपछि विभिन्न विधेयकहरू ल्याएर ऐनहरू बनाएर संशोधित संविधानअनुसार अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘संविधान संशोधन पछि र ऐन अगाडि आयो भने अहिले पास गरेको ऐनको दफामा भोलि संशोधन भइदियो भने ऐन फेरि पनि पंगु हुने अवस्था छ ।’

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ५ : ३५ बजे

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१

भारतीय विद्युतमन्त्री खट्टरबाट मुक्तिनाथमा पूजार्चना

मुस्ताङ– भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ

जम्मु कश्मीर घटनामा नेपाली परेको विवरण पुष्टि गर्ने प्रयासमा छौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य