प्रधानमन्त्री ओली पुगे थाइल्यान्डमा, उपप्रधानमन्त्रीले गरे स्वागत
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीकाे प्रयास (बिमस्टेक)काे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको राजधानी बैंकक पुगेका छन् ।
प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६.१५ बजे बैंकक पुगेका हुन ।

उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए ।
प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण : द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई
विवादबीच सुरू भएको संसद्को हिउँदे अधिवेशनले के के गर्यो ?
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार मंगलबार राति १२ बजेबाट उनले दुवै सदन अन्त्य गरेका हुन् । सोमबार मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति पौडेलसमक्ष सिफरिस गरेको थियो ।
यसअघि माघ ७ मा मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

बर्खे अधिवेशन अन्त्य भएको ४ महिना ७ औँ दिनमा बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रपति पौडेलले सरकारको सिफरिसमा अघिल्लो अधिवेशन अन्त्य भएको ४ महिना १८ औँ दिनबाट सुरु हुने गरी संसद् अधिवेशन आह्वान गरेका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशनको आह्वान गर्ने प्रचलन छ । दुई संसद् अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । संसद्को अघिल्लो अधिवेशन (बर्खे) गत भदौ ३१ गते राति १२ बजेदेखि अन्त्य भएको थियो ।
हिउँदे अधिवेशनबाट पाँच विधेयक पारित
प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन
सांसद बोहराको निधनमा संसद्बाट शोक प्रस्ताव पारित
हिउँदे अधिवेशनका ६१ दिन, संसद् सचिवालयले सुनायो नौबुँदे उपलब्धि

विधेयक सत्रका रुपमा लिइने संघीय संसद्को हिउँदे अधिवेशन मंगलबारदेखि अन्त्य गरिएको छ । सरकार नयाँ आर्थिक वर्षको बजेट निर्माणमा जुटेसँगै हिउँदे अधिवेशन अन्त्य भएको हो ।
प्रतिपक्षी दलहरुको घेराबन्दीबीच सरकारले गत माग १८ गते हिउँदे अधिवेशनको पहिलो बैठक राखेको थियो । त्यसयताका ६१ दिन संसदले हिउँदे अधिवेशनमा खर्चियो । यसबीचमा सरकारले केही विधेयक र गत पुषमा जारी गरिएका ५ वटा अध्यादेश प्रतिस्थापन विधेयकमार्फत् पारित गरेको छ ।
मधेस प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण
प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै
सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा

सुनवाइ नसकिए पछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा हेर्दा हेर्दैमा राखिएको छ ।
निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो ।
मंगलबार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । तर सुनुवाइ पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको जनाइएको छ।
कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत कर हटाउन पोल्ट्री महासंघको माग
जन्मदर्ता नहुँदा मारमा परे सडक बालबालिका
पोखरामा कृषकबीच कृषिसम्बन्धी हाजिरीजवाफ
कोल्ड स्टोर सञ्चालनमा नआउँदा बैतडीका किसान मर्कामा
कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरीक्षण अब शहरी विकास मन्त्रालयबाटै

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन् ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब दैनिक नियमित निरीक्षण हुनेछ । समयमै काम सक्न ८ घण्टाका दरले अहिले तीन सिफ्टमा काम पनि भइरहेको छ ।
उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्ने गरी काम गर्ने व्यवस्था मिलाउन र कामको गति बढाउनु पर्नेमा जोड दिएका छन् ।
शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ।
माधव नेपाल भन्छन्- नेपालमा रगत र वंशको शासन आवश्यक छैन
गण्डकीका खेलकुदमन्त्री भन्छन्- ७ वर्षमा तलबभत्ताको ७९ लाख सामाजिक सेवामा लगाएँ
विदेशबाट फर्केर बगरमा तरभुजाखेती
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ ।
यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने
रविलाई सभामुखको जवाफ, ‘तपाईँको सांसद पद फुकुवा गर्दा कानुनको अवहेलना हुन्छ, केही गर्न सक्दिनँ’

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद तत्काल बहाल गर्न नसकिने जवाफ दिएका छन् । सहकारी प्रकरणमा मुछिएपछि लामिछानेको सांसद पद निलम्बनमा परेको छ ।
निलम्बन फुकुवा गरिदिन अनुरोध गर्दै लामिछानेले आज सभामुख घिमिरेसँग भेटवार्ता गरेका थिए । रास्वपा सभापति रविले भने आफूलाई अन्याय भएको भन्दै निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।
लामिछानेको भनाइ भनाइ उद्धृत गर्दै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले खबरहबलाई भने ‘पहिला पनि भनेका थियौँ । फेरि सभामुखसामु अनुरोध गर्छु, मलाई अन्याय भयो ।’
सभामुखले भने कानुन अनुसार नै लामिछानेको पद निलम्बनमा परेको भन्दै आफूले फुकुवा गर्दैमा नहुने जवाफ दिएको अधिकारीले जानकारी दिए ।
अमेरिकी कर प्रभावित व्यवसायलाई सहयोग गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

अमेरिकी कर प्रभावित व्यवसायहरूलाई सहयोग गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता जापानका प्रधानमन्त्री शिगेरु इसिबाले मङ्गलबार अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि करिब एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन् । साथै उनले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
जापान अमेरिकाको सबैभन्दा नजिकको आर्थिक र रणनीतिक मित्रराष्ट्र हो । यहाँका कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूला लगानीकर्ता हुन् र करिब दश प्रतिशत जापानी रोजगारहरू अटो क्षेत्रसँग जोडिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार कुन देशमा कुन–कुन कर लगाइने घोषणा गर्ने बताएका छन् र सबै व्यापारिक साझेदारहरू यसको निशानामा रहेको चेतावनी दिएका छन् ।
रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युत्विहीन
ले पेनमाथिको प्रतिबन्धले लाखौँ मानिसलाई अधिकारबाट वञ्चित गर्छ : इटालियन प्रधानमन्त्री
बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत
प्रतिक्रिया