कार्यकर्तालाई प्रचण्डको निर्देशन- राजावादीविरूद्ध प्रतिकारका लागि तयार रहनू « Khabarhub

कार्यकर्तालाई प्रचण्डको निर्देशन- राजावादीविरूद्ध प्रतिकारका लागि तयार रहनू


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडा भएर राजावादीले आक्रमण गरे प्रतिवादका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंमा योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

राजावादी छाडा बनेर आफूहरूमाथि आक्रमण गर्ने कोसिस गरिरहेको भन्दै उनीहरूले आक्रमण गरे प्रतिवाद गर्ने गरि तयार रहन नेता कार्यकर्तालाई उनले निर्देशन दिए । प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफारिरहेको आरोप पनि लगाए ।

उनले गणतन्त्र माओवादीको बलमा मात्रै आएको भन्ने प्रचार गर्न खोजिएको उल्लेख गर्दै गणतन्त्र सबै जनताको भएको जिकिर गरे । माओवादी र प्रचण्डलाई एक्लो पार्ने र अरुलाई भ्रम छर्ने गरि राजावादीले कु-प्रचार गरिरहेको उनले बताए ।

त्यस्तै अध्यक्ष प्रचण्डले यथास्थितिवाद र प्रतिगमनविरुद्ध संघर्षसहित गणतन्त्रको विकास गर्दै समाजवादी गणतन्त्रतर्फ डोहोर्या‍उने जिम्मेवारी र चुनौती माओवादीको काँधमा रहेको उल्लेख गरे ।

उनले गणतन्त्रलाई समर्थन गरेको भरमा भ्रष्टाचारीलाई जोगाउने, कुशासन कायम गर्ने, इमान्दारहरुलाई कारबाही गर्ने काम सरकारबाट भएकाले प्रतिगमनले टाउको उठाउने मौका पाएको बताए ।

प्रचण्डले आफूहरूको अभियान फेरि सुरु हुने बताउँदै जनतासँग माओवादीलाई जोड्दै पार्टीलाई बलियो बनाउने जिकिर पनि गरेका छन्।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ५० बजे

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका