डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारीको जित « Khabarhub

डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारीको जित


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पोखरा–  फेवातालमा आइतबार भएको दोस्रो राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली पहिलो भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना र फेवा डुङ्गा व्यवसायी संगठनको व्यवस्थापनमा भएको प्रतियोगितामा महिलातर्फ ताल पारी ‘बी’ सर्वोत्कृष्ट भयो ।

प्रतियोगितामा पुरुषतर्फ बाराही डुङ्गा घाट र स्विमिङ पुल घाट क्रमशः दोस्रो र तेस्रो बन्दा फिस्टेल घाटको समूह सान्त्वना भयो । 

महिलातर्फ गौरीघाट, पहारीघाट र जलारी दिदीबहिनी समूह क्रमशः दोस्रो, तेस्रो र सान्त्वना बने । महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले समान नगद ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वनाले १० हजारसहित ट्रफी, मेडल, प्रमाण–पत्र पाएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको पर्यटन प्रवर्द्धनका लागि फेवातालको संरक्षण अपरिहार्य भएकोमा जोड दिए । 

उनले शनिबारबाट फेवाको सीमामा पोल गाड्न थालिएको स्मरण गर्दै योजनाबद्ध रूपमा तालको संरक्षण गरिने उल्लेख गरे । भने, ‘फेवाताल यहाँको मुख्य पर्यटकीय स्थल हो, यसको संरक्षणमा तीन तहकै सरकार मिलेर काम हुन्छ ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल पर्यटकीय राजधानी पोखराको प्रमुख पहिचान भएको जनाए । उनले यसको संरक्षण र सौन्दर्यीकरणमा महानगरले यथोचित ध्यान दिएको उल्लेख गरे ।

फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले तालको महत्त्व बुझाउँदै भावी योजना बनाउन प्रतियोगिताले सघाउने उल्लेख गरे । 

‘फेवातालको सौन्दर्य र यहाँ हुन सक्ने भवितव्य दुवैबारे सरोकारवाला जानकार बन्नु आवश्यक छ । त्यसैका लागि प्रतियोगिता आयोजना गरिएको हो । यसले यहाँको पर्यटन प्रवर्धनमा पनि सघाउँछ,’ उनले भने । 

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत सागर श्रेष्ठले फेवातालको देश, विदेशका प्रचार र प्रवर्धन गर्न प्रतियोगिता सहायक हुने बताए । फेवाका आठ घाटमा डुंगा व्यवसायी समिति आबद्ध सात सय १२ डुङ्गा छन् । बेला बेलामा हेलचेक्र्याइँ र भवितव्यका कारण तालमा दुर्घटनासमेत हुने गरेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : ३३ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए