पाटन अस्पताललाई स्तरोन्नति गरिने « Khabarhub

पाटन अस्पताललाई स्तरोन्नति गरिने


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको पाटन विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित पाटन अस्पताललाई स्तरोन्नति गरिने भएको छ । हाल ६०० शय्यामा सञ्चालित उक्त अस्पताललाई एक हजार २०० शय्यामा सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी रायसुझाव सङ्कलन गर्ने काम भइरहेको छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानको अध्यक्षतामा आज बसेको बैठकले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने भौतिक पूर्वाधारलाई वातावरणीय प्रभावको हिसाबले सम्पन्न गर्नुपर्ने सुझाव दिएको छ । बैठकमा सहसचिव प्रधानले पाटन अस्पतालको महत्व दिन प्रतिदिन बढ्दै गएकाले यसलाई सबै हिसाबले समयमै सम्पन्न गर्न लाग्नुपर्ने बताए ।

ललितपुर महानगरपालिका–५ मा ५२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले हाल ६०० शय्यामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । मन्त्रालयका उपसचिव एवं रायसुझाव समितिका सदस्यसचिव रमेशबहादुर बस्नेतले आधुनिक एवं वातावरणमैत्री संरचना निर्माणलाई प्रतिवेदनले उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

पाटन विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राडा पारसकुमार आचार्यले बिरामीको बढ्दो चापलाई हेरेर अस्पतालको क्षमता वृद्धि गर्न लागिएको बताए । अस्पतालले हाल दैनिक दुई हजार बिरामीलाई ओपिडी र ६०० बिरामीलाई भर्ना गरेर उपचार गर्दै आइरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अध्ययन गरिरहेको नेपाल रुलर एन्ड एडभान्समेन्ट कमिटी प्रालि (एनआरएसी) का प्रमुख डा ज्योतिप्रसाद गजुरेलले डबल बेसमेन्टसहित आठतले अत्याधुनिक अस्पताल वातावरणमैत्री हुने बताए ।

उक्त अस्पतालको फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, वातावरणमैत्री संरचनालगायत क्षेत्रमा अध्ययन गरिएको थियो । करिब १० अर्ब लागतमा बन्न लागेको नयाँ अस्पताल भवनमा भविष्यमा सबै किसिमका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ ।

–रासस

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : २४ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार