पाटन अस्पताललाई स्तरोन्नति गरिने | Khabarhub Khabarhub

पाटन अस्पताललाई स्तरोन्नति गरिने


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको पाटन विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित पाटन अस्पताललाई स्तरोन्नति गरिने भएको छ । हाल ६०० शय्यामा सञ्चालित उक्त अस्पताललाई एक हजार २०० शय्यामा सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी रायसुझाव सङ्कलन गर्ने काम भइरहेको छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानको अध्यक्षतामा आज बसेको बैठकले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने भौतिक पूर्वाधारलाई वातावरणीय प्रभावको हिसाबले सम्पन्न गर्नुपर्ने सुझाव दिएको छ । बैठकमा सहसचिव प्रधानले पाटन अस्पतालको महत्व दिन प्रतिदिन बढ्दै गएकाले यसलाई सबै हिसाबले समयमै सम्पन्न गर्न लाग्नुपर्ने बताए ।

ललितपुर महानगरपालिका–५ मा ५२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले हाल ६०० शय्यामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । मन्त्रालयका उपसचिव एवं रायसुझाव समितिका सदस्यसचिव रमेशबहादुर बस्नेतले आधुनिक एवं वातावरणमैत्री संरचना निर्माणलाई प्रतिवेदनले उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

पाटन विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राडा पारसकुमार आचार्यले बिरामीको बढ्दो चापलाई हेरेर अस्पतालको क्षमता वृद्धि गर्न लागिएको बताए । अस्पतालले हाल दैनिक दुई हजार बिरामीलाई ओपिडी र ६०० बिरामीलाई भर्ना गरेर उपचार गर्दै आइरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अध्ययन गरिरहेको नेपाल रुलर एन्ड एडभान्समेन्ट कमिटी प्रालि (एनआरएसी) का प्रमुख डा ज्योतिप्रसाद गजुरेलले डबल बेसमेन्टसहित आठतले अत्याधुनिक अस्पताल वातावरणमैत्री हुने बताए ।

उक्त अस्पतालको फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, वातावरणमैत्री संरचनालगायत क्षेत्रमा अध्ययन गरिएको थियो । करिब १० अर्ब लागतमा बन्न लागेको नयाँ अस्पताल भवनमा भविष्यमा सबै किसिमका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ ।

–रासस

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : २४ बजे

समाजमा सकारात्मक धारणा निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा सकारात्मक धारणा निर्माणमा

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

बागमती– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा

गण्डकी– नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका साथ देशका विभिन्न

पुवा खोलामा बेलिब्रिज , ३६ किमी दुरी छोटियो

फिक्कल– इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी