पतञ्जलीको जग्गा बिक्री प्रक्रियामा कुनै कानुन उल्लङ्घन छैन : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

पतञ्जलीको जग्गा बिक्री प्रक्रियामा कुनै कानुन उल्लङ्घन छैन : अध्यक्ष नेपाल


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार निरन्तर सञ्चालन हुने बताएका छन् । 

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेकपा (एमाले) र नेपाली कांग्रेसको संसद्मा बहुमत र सहमति कायम रहुन्जेलसम्म सरकार परिवर्तन हुन नसक्ने प्रष्ट पारे  ।

अध्यक्ष नेपालले भने, ‘पतञ्जलीको जग्गा बिक्री प्रक्रियामा कुनै कानुन उल्लङ्घन नभएकाले बढी जग्गा बिक्रीबाट नेपाल सरकारलाई फाइदा पुगेको छ ।’ 

उनले नेकपा (माओवादी केन्द्र) सँग विश्वासको वातावरण तयार गर्न एवं समाजवादी मोर्चालाई निरन्तरता दिन छलफल एवं वार्ता भइरहेको जानकारी दिए  ।

उनले मुलुकको राजनीति चुनौतीलाई सामना गर्न एवं विचार र मुद्दा मिल्ने लोकतान्त्रिक शक्ति एवं वामपन्थी घटकहरूबीच सहकार्य गरी अगाडि बढ्न मोर्चा निर्माण गरिएको बताए । 

उनले पार्टीको निर्णय उल्लङ्घन गर्ने रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको र आगामी बैठकले निर्णय गर्ने बताए । 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : २४ बजे

‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका

भारतद्वारा सिरियालाई मानवीय सहायता प्रदान

काठमाडौं– भारतले सिरियालाई मानवीय सहाता सामग्री प्रदान गरेको छ ।

कोही पनि माओवादी नेता दायाँबायाँ गरेर भाग्न पाउँदैनन् : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या

करेन्ट लागेर एक बालकको मृत्यु

बैतडी– करेन्ट लागेर शनिबार एक बालकको मृत्यु भएको छ। मृत्यु