मुख्यमन्त्री कार्कीद्वारा रङ्गशाला सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता « Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा रङ्गशाला सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भद्रपुर नगरपालिका-८ स्थित नवनिर्मित मेची क्रिक्रेट रङ्गशाला सञ्चालन र व्यवस्थापनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार रङ्गशालाको अवलोकन गर्दै उनले रङ्गशालाको निर्माण व्यवस्थित रूपमा भइरहेको उल्लेख गरे।

भद्रपुर क्रिक्रेट क्लबले मेची बहुमुखी क्याम्पसको जग्गा लिजमा लिएर रङ्गशाला निर्माण गरेको हो । रङ्गशालाको निर्माणमा कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय क्रिक्रेटप्रेमीको ६० लाख रुपैयाँ भन्दा बढी लगानी भइसकेको क्लबका अध्यक्ष आदित्य पराजुलीले अवलोकनका क्रममा मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए  ।

मुख्यमन्त्री कार्कीले मैदान र अन्य भौतिक संरचना सन्तोषजनक रूपमा निर्माण भइरहेको बताए । उनले रङ्गशालालाई प्रदेशकै उत्कृष्ट क्रिक्रेट मैदानका रूपमा विकास गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर अघि बढ्न क्लबलाई सुझाव दिए । 

‘डिपिआर बनाएर अघि बढ्नुहोस्, प्रदेश सरकारबाट के–कस्तो सहयोग चाहिएको हो, हामी सहयोग गर्न तयार छौँ’, उनले भने । 

राष्ट्रिय क्रिक्रेटमा महत्त्वपूर्ण योगदान पुर्‍याउने प्रतिभाशाली खेलाडीहरू झापाकै रहेका उल्लेख गर्दै भद्रपुर-८ का वडाध्यक्ष मनोज सुब्बाले झापाको गौरव बढाउने लक्ष्यसहित भद्रपुरमा अन्तरराष्ट्रियस्तरको क्रिक्रेट रङ्गशाला बनाउन थालिएको बताए । 

उनले हाल तयार भएको उक्त मैदानमा आठ हजार दर्शक अट्ने र यही वर्ष क्लबले कोशी प्रिमियर लिग आयोजना गर्न लागेको जानकारी दिए । रङ्गशाला निर्माणपछि झापाका क्रिक्रेटप्रेमीहरू  उत्साहित भएका उनको भनाइ छ ।

मेची बहुमुखी क्याम्पसको १६ बिघा क्षेत्रफलमध्ये चार बिघा क्षेत्रफलमा रङ्गशाला निर्माण भएको हो । वार्षिक ५० हजार रुपैयाँ भाडाबापत तिर्ने शर्तमा २५ वर्षका लागि उक्त जग्गा क्याम्पससँग क्लबले लिएको उनले जानकारी दिए । 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : ०७ बजे

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१