अफसिजनमा पनि खुलेको जिरी  « Khabarhub

अफसिजनमा पनि खुलेको जिरी 


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिरीलाई व्यापार व्यवसाय र पर्यटक आगमनको हिसाबले वर्षादको समयलाई अफसिजनको रूपमा लिने गरिन्छ।

वरिपरिको हरियाली सुन्दरताले घेरिएको नेपालको स्विट्जरल्यान्डको पहिचान बोकेको दोलखा जिरी असार-साउनको अफसिजनमा पनि घुमिरहौँ लाग्ने लाग्छ ।

छिनछिनमा हुने मौसम परिवर्तनसँगैकाे कुहिरो-हुस्सु तथा आदी जिरीको अनेकौँ रुपरङ्गले जिरी घुम्ने फिरन्ते-घुमन्ते पर्यटनहरूलाई लोभ्याएको हुन्छ।

नेपालको लोपोन्मुख र अल्पसंख्यक जिरेल समुदायको उद्गम र मुख्य बसोबास रहेको जिरीलाई चारैतिरबाट मझौला हरियाली स-साना डाँडाकाडा र वनजङ्गल तथा जिरेल समुदायका गाउँबस्तीले घेरिएको समथर भूगर्भ हो जिरी।यहाँका डाँडाकाडाँमा चढेर जिरी तर्फ फर्किदा जिरीको सुन्दरताले मन लोभ्याउने गर्छ।

जिरीको लागि असार-साउन यहाँका स्थानीयले अफसिजनको रूपमा लिने गर्छन्।तर जिरीको सुन्दरता देख्दा सिजनमा भन्दा अफसिजनमा निक्कै आनन्द दिने गर्छ।

जिरी राजधानी काठमाडौंबाट १८५ र दोलखाका सदरमुकाम चरिकोटदेखि ५८ किलोमिटर दुरीमा रहेको सुन्दर पर्यटकीय नगर तथा उपत्यका हो । यो समय जिरीका स्थानीयहरू आम्दानीको मुख्य स्रोत आलु खण्ड व्यस्त देखिन्छन् ।

जिरी आलु उत्पादन र निर्यातको हिसाबले एक अब्बल लेक पनि हो । जिरीबाट यस सिजनमा वार्षिक १० करोड भन्दा बढीको आलु निर्यात हुँदै आएको छ । 

जिरीको प्रमुख आकर्षणको रूपमा यहाँका झरना, गुफा, पोखरी, खोलानाला, गाउँबस्ती, हरिया बनजंगल साथै  डाँडाकाँडा देखि सुन्दर उपत्यका र जिरी क्षेत्रमा पाइने चराचुरुङ्गी,पशुपन्छी,रंगीचंगी फुल,शैक्षिक क्षेत्र आदि हुन् । 

तस्बिर: सुवाश बस्नेत/दोलखा 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : ३९ बजे

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१