अफसिजनमा पनि खुलेको जिरी  | Khabarhub Khabarhub

अफसिजनमा पनि खुलेको जिरी 


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिरीलाई व्यापार व्यवसाय र पर्यटक आगमनको हिसाबले वर्षादको समयलाई अफसिजनको रूपमा लिने गरिन्छ।

वरिपरिको हरियाली सुन्दरताले घेरिएको नेपालको स्विट्जरल्यान्डको पहिचान बोकेको दोलखा जिरी असार-साउनको अफसिजनमा पनि घुमिरहौँ लाग्ने लाग्छ ।

छिनछिनमा हुने मौसम परिवर्तनसँगैकाे कुहिरो-हुस्सु तथा आदी जिरीको अनेकौँ रुपरङ्गले जिरी घुम्ने फिरन्ते-घुमन्ते पर्यटनहरूलाई लोभ्याएको हुन्छ।

नेपालको लोपोन्मुख र अल्पसंख्यक जिरेल समुदायको उद्गम र मुख्य बसोबास रहेको जिरीलाई चारैतिरबाट मझौला हरियाली स-साना डाँडाकाडा र वनजङ्गल तथा जिरेल समुदायका गाउँबस्तीले घेरिएको समथर भूगर्भ हो जिरी।यहाँका डाँडाकाडाँमा चढेर जिरी तर्फ फर्किदा जिरीको सुन्दरताले मन लोभ्याउने गर्छ।

जिरीको लागि असार-साउन यहाँका स्थानीयले अफसिजनको रूपमा लिने गर्छन्।तर जिरीको सुन्दरता देख्दा सिजनमा भन्दा अफसिजनमा निक्कै आनन्द दिने गर्छ।

जिरी राजधानी काठमाडौंबाट १८५ र दोलखाका सदरमुकाम चरिकोटदेखि ५८ किलोमिटर दुरीमा रहेको सुन्दर पर्यटकीय नगर तथा उपत्यका हो । यो समय जिरीका स्थानीयहरू आम्दानीको मुख्य स्रोत आलु खण्ड व्यस्त देखिन्छन् ।

जिरी आलु उत्पादन र निर्यातको हिसाबले एक अब्बल लेक पनि हो । जिरीबाट यस सिजनमा वार्षिक १० करोड भन्दा बढीको आलु निर्यात हुँदै आएको छ । 

जिरीको प्रमुख आकर्षणको रूपमा यहाँका झरना, गुफा, पोखरी, खोलानाला, गाउँबस्ती, हरिया बनजंगल साथै  डाँडाकाँडा देखि सुन्दर उपत्यका र जिरी क्षेत्रमा पाइने चराचुरुङ्गी,पशुपन्छी,रंगीचंगी फुल,शैक्षिक क्षेत्र आदि हुन् । 

तस्बिर: सुवाश बस्नेत/दोलखा 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : ३९ बजे

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको