आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर « Khabarhub

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको गम्भीर समस्या हो। स्वदेशमै काम खोज्न चाहने युवाहरू पनि धेरै छन्, तर अवसरको अभावले उनीहरू कामविहीन छन्। केहीले काम पाएर पनि नगर्ने प्रवृत्ति देखिन्छ भने, केही इच्छाशक्ति भएर पनि काम नपाएर बस्न बाध्य छन्। तर, यी सबै बीच केही युवाहरूले सानो लगानीमै उद्यमशीलताको उदाहरणीय कदम चालेका छन्।

आम्दानी कम होला, लगानी सानो होला, तर केही युवाले स्वदेशमै केही गर्नु पर्छ, आफ्नै गाउँ समाजमा केही गरेर देखाउनु पर्छ, भन्ने मान्यता राख्ने गरेको छ । कतिपय इच्छाशक्ति राखेरै काम अघि बढाएका छन् । भने कोही कतै त्यसको सुरुवाती अवस्थामा छन् । उनीहरुले जीवीको पार्जन पहिलो जिम्मेवारी ठानेका छन् ।

विदेश गएर पनि फर्किने यतै हो, गर्ने फेरि उही काम हो, आफ्न्तसँग, आफ्नै देशमा केही गर्न सके देशकै लागि योगदान हुने भावना बोकेका युवाहरु काम प्रति आकर्षण देखिएको पाइन्छ । सानै लगानीमा भएपनि उद्यम र आम्दानीमा युवा वर्ग जोडिनु र काम गरिखाने इच्छाशक्ति राख्ने कुरा देश र समाजका लागि सकारात्मक हो ।

यही भावना र सोच राखेर बाजुराको मार्तडीमा पाँच जना युवाहरूले मिलेर ‘नल पराल’ नामक खाजा घर सञ्चालनमा ल्याएका छन्। उनीहरूले “देशमै केही गर्नुपर्छ” भन्ने सोचका साथ यो व्यवसाय सुरु गरेका हुन्। ती युवाहरूमा विशाल ओली, राजेन्द्र जैशी, गोरख खड्का, यसराज खड्का र टेकेन्द्र साउँद छन्। उनीहरूमध्ये कोही रोजगारीमा, कोही विद्यार्थी र कोही आफ्नै व्यवसायमा सक्रिय थिए।

न्यूनतम लगानीमा खाजा घर खोलिएको सञ्चालक विशाल ओलीले जानकारी दिए । विशुद्ध स्थानीय खानाका परिकार र पारिवारिक वातावरणमा सेवा प्रवाह गर्ने उनीहरुकाे उदेश्य छ ।

केवल डेढ लाख रुपैयाँ लगानीमा सुरु गरिएको यो खाजा घर नाम मात्रै फरक छैन, संरचना पनि फरक छ। ‘नल पराल’ अर्थात् गहुँ, जौको सुकेको खर—त्यसैको प्रयोग गरेर सम्पूर्ण खाजा घर सजाइएको छ। कुर्सी, टेबलदेखि लिएर सजावटसम्म सबै सामग्री उनीहरूले स्थानीय स्रोतबाट आफैं बनाएका हुन्।

केही बाहिरबाट ल्याउनु पर्ने समान बाहेक सबै आफैले बनाएर व्यवसाय सुरु गरिएको छ । ठूलो लगानीबाट मात्रै आम्दानी बढी हुने, बाहिरका सामाग्री प्रयोग गर्दा मात्रै ग्राहक आउने र आकर्षण थपिन्छ भन्ने मान्यतालाई तोड्ने गरि व्यवसायीक अवधारणा अघि सारिएको विशाल ओलीले बताए ।

‘कम लगानीमा पनि राम्रो आम्दानी गर्न सकिन्छ । आम्दानी लगानी भन्दा बढी मेहनतमा भर पर्छ । स्थानीय रैथानी बस्तुको प्रयोगले पनि होटल व्यवसाय राम्रो गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि ‘नल पराल’ खाजा घर सञ्चालनमा ल्याएका हाैं’ उनीहरू बताउँछन् ।

खाजा घर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म शुद्ध खानाका परिकार, चिया, कफी आदि मात्र बिक्री गर्छ। यो समयमा मध्यपान र धुम्रपान निषेध गरिएको छ। साँझ ७ देखि १० बजेसम्म चाहिँ सीमित रूपमा मध्यपान खुला गरिन्छ। बजारमा प्रचलित चिकेन, मटन, फास्टफुडका साथै स्थानीय रैथानी परिकारसमेत यहाँ पाइन्छन्। बिशेष गरि परिवारसहीतको खाजा खाने समूह र साथीसंगीको ठूलो टिमलाई बसेर आनन्दका साथ गाउँमै परिवेश सम्झेर खाजा खाने गरि खाजा घर सञ्चालन गरिएको छ ।

‘अरु पनि गर्न सकिने ठाउँहरु थिए, स्थानीय रैथानी खानेकुराको स्वाद दिनु, सामान्य लगानी र गाउँले पहिचानको आकर्षणलाई प्रवद्र्धन र विकाउ बनाउने उदेश्य राखेर नै खाजाघर सञ्चालन गरिएको हो’ एसराज खड्काले भने ।

सञ्चालक टेकेन्द्र साउँद स्वयं एक दक्ष कुक हुन्। उनलाई विदेश जान भिसा लागिसकेको थियो, सहरका नाम चलेका होटलबाट पनि अफर आएको थियो, तर उनी गाउँमै केही नयाँ गरौँ भन्ने सोचसहित यहाँ लागेका हुन्। राजेन्द्र जैशी अटो मर्मत व्यवसायसँगै परिकार पकाउने सीप पनि राख्छन्। सबै जनाले आ-आफ्नो सीप र सस्तो लगानीको संयोजनमार्फत ‘नल पराल’ सञ्चालनमा ल्याएका हुन्।

स्वदेशमै केही गरौं भन्ने मान्यता राखेर ‘नल पराल’ खाजा घरको कन्सेन्ट सहीत सुरुवाद गरिएको राजेन्द्र जैशीले बताए ।
विदेश जान सक्ने सीप र क्षमता भएर पनि आफूहरुले स्वदेश त्यसैमा पनि आफ्नै गाउँमा केही गर्नपर्छ भन्ने मान्यताका साथ काम सुरुवात गरिएको बताएको छ ।

नयाँ र फरकपनको आभाष हुने भएकोले ‘नल पराल’ खाजा घरमा ग्राहकहरु दिनहुँ बढीरहेको देखिन्छ । हप्तादेखि अघि मात्रै उनीहरुले औपचारिक उद्घाटन गरेका हुन् । २ वर्षदेखिको योजना थियो । स्थानीय जीवनशैली, गाउँले परिवेश झल्किने गरि डिजाइन बनोस् भन्ने उदेश्यले लामो छलफल र समीक्षा पछि सञ्चालनमा ल्याउन सफल भएको उनीहरुको भनाई छ ।

युवाहरुको अवधारणालाई बडीमालिकाका नगर प्रमुख अमर खड्काले पनि खुसी व्यक्त गरेका छन् । विदेश गएर पैसा बढी भएपनि पहिचान रहने अवस्था हुन्न, पैसा भन्दा पनि परिचय र भविष्य पनि हेर्नु पर्छ, भन्ने युवाहरुको सोच सकारात्मक रहेको प्रमुख खड्काले बताए ।

निकै कम लगानी छ । डुब्ने अवस्था आएपनि ठूलै असर पर्ने देखिन्न् । अरु युवाहरुका लागि ‘नल पराल’ खाजा घर प्रेरणा बन्न सक्छ, खड्काले थपे । आयआर्जनका गतिविधीमा जोडिन लगानी नै सब थोक हो, र ठूलो रकम खर्च गर्नु पर्छ, भन्ने मान्यता बाहिर रहेर व्यवसाय सुरु गरेका युवाहरुको काम प्रति उद्योग वाणिज्य संघले पनि धन्यवाद दिएको छ ।

सबै डिजाइन बाहिरकै थिए, नक्कल बाहिरकै गर्ने गरिन्थ्यो, यी युवा भाइहरुले झर्रा बाजुराली त्योपनि दुर्गमको गाउँमै परिवेशसँग मिल्ने खाजा घर बनाएर केही नयाँ सन्देश र सुरुवाद गरेको देख्दा खुसी लाग्यो, उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले बताए ।

सुदूरका पहाडमा पछिल्लो समय ३० ननाघेका युवाहरु उद्यम र आम्दानीमा जोडिएको देखिन्छ । कृषि खेती, होटल व्यवसाय, तरकारी खेती, फलफूल खेती, र केही नयाँ प्रविधीयुक्त सीप सहीतको व्यवसायमा युवाहरु जोडिएको देखिन्छ । यसले युवाहरुमा उद्यमतर्फ आकर्षण बढ्ने, आर्थिक आम्दानी पनि हुने र आत्मनिर्भरता सिर्जना भएर बेरोजगारी समस्या कम हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ९ : २६ बजे

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो

स्थानीय तहले फेरि एकपटक भूउपयोग परिवर्तन सक्ने

काठमाडौं – भूउपयोगको वर्गीकरण गरिसकेका स्थानीय तहले पनि फेरि एकपटक