पाकिस्तानको सिन्धमा बाढी : १६ लाखभन्दा बढी मानिस जोखिममा « Khabarhub

पाकिस्तानको सिन्धमा बाढी : १६ लाखभन्दा बढी मानिस जोखिममा


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको सिन्ध प्रान्तका एक जना मन्त्रीलेमा बाढीका कारण १६ लाखभन्दा धेरै प्रभावित हुनसक्ने चेतावनी दिएका छन् । सिन्धका वरिष्ठ मन्त्री शरजील इनाम मेमनले बाढीका कारण प्रान्तका एक हजार छ सय ५७ गाउँका करिब १६ लाख मानिस प्रभावित हुनसक्ने बताएका हुन् ।

मिडियालाई सम्बोधन गर्दै उनले प्रान्तीय सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको र सम्भावित सङ्कट व्यवस्थापनका लागि रोकथामका उपायहरू अपनाइरहेको जानकारी दिए । मन्त्रीहरू प्रत्यक्ष रूपमा स्थलमा रहेको र जिल्ला अधिकारीहरू सक्रिय रूपमा संलग्न रहेको उनले उल्लेख गरे ।

उनको चेतावनीसँगै पञ्जाबका धेरै क्षेत्रहरू डुबानमा परेका छन् । त्यहाँ कम्तीमा ३० जनाको ज्यान गइसकेको छ भने १५ लाखभन्दा बढी प्रभावित भएका छन् ।

भारी वर्षाका कारण बढ्दै गएको सतलज, चेनाब र रावी नदीले बाढी ल्याएको हो । अधिकारीहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन् । अहिलेसम्म करिब चार लाख ८१ हजार मानिसलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जियो न्यूजले जनाएको छ ।

सिन्धमा सरकारद्वारा पाँच सय ५१ स्थानलाई राहत शिविरका लागि तोकिएको छ र एक सय ९२ उद्धार डुङ्गा तयारी अवस्थामा राखिएका छन् ।

मेमनका अनुसार पानीको सतह अझै बढेमा एक सय ६७ वटा युनियन काउन्सिलका करिब दुई लाख ७३ हजार परिवार प्रभावित हुन सक्छन् । उनले आगामी सेप्टेम्बर २ देखि ३ सम्म सिन्धमा बाढीको पानी पुग्नसक्ने जानकारी दिए ।

“पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये एक हो । नदी किनारभित्र कुनै पनि प्रकारको निर्माण कहिल्यै हुनु हुँदैन”, उनले चेतावनी दिँदै ब्यारेजमा पानीको बहाव र बहिर्गमनसम्बन्धी जानकारी प्रत्येक तीन घण्टामा सार्वजनिक गरिने बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ९ : ३३ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको